२०७८ कार्तिक ५, शुक्रबार ०७:२७

राजविराज । मोटरसाईकलको ठक्करबाट गम्भीर घाइते भएकी पत्नीलाई अस्पताल मै छाडी एक बृद्ध उपचार खर्च र न्यायका लागि भौतारिदै हिडेका छन् ।

सप्तरीको राजगढ गाउँपालिका ५ निवासी ५७ वर्षीय कमल प्रसाद दास यसरी भौतारिदै हिडेका हुन् । उपचार खर्च जुटाउन र न्याय खोज्दै बिहीबार सदरमुकाम राजविराज आईपुगेका दासले पत्रकार, अघिकारवादी र प्रहरीलाई भेटेर सहयोगको याचना गरेका छन् । गत भदौ २८ गते मोटरसाईलको ठक्करबाट उनकी ५० वर्षीया पत्नी रमा देवी गम्भीर घाईते भएकी थिइन् । अहिले उनी विराटनगरस्थित गोल्डेन अस्पतालमा मृत्यु संग संघर्ष गरिरहेकी छिन् । पेट, छाती र टाउकोमा गंभिर चोट देखिएको उनको सुरुमा राजविराजस्थित गजेन्द्र नारायण सिंह र छिन्नमस्ता अस्तालमा उपचार गरिएको थियो । तर, अवस्थामा सुधार नआएपछि विराटनगरस्थित न्युरो, नोबेल र त्यस पछि गोल्डे्न अस्पतालमा पु¥याइएको थियो । एक महिना भन्दा बढी समय वितिसक्दा पनि उनको अवस्थामा सुधार आउन नसकेको परिवारजनको भनाई छ । हुलाकी सडक अन्तर्गतको मलेकपुर खण्डमा तीब्र गतीमा जादै गरेको स ८ प ८६८२ नम्बरको मोटर साईकलले रमालाई ठक्कर दिएको थियो । प्रहरीले चालक राजगढ गाउँपालिका १ झुटकी निवासी २२ वर्षीय शिव कुमार यादवलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएको थियो । मोटरसाईकल पत्थरगाढा प्रहरी चौकीमा राखिए पनि चालक यादवलाई जिल्लामा पठाइएको थियो । घाईतेको सम्पुर्ण उपचार खर्च ब्यहोर्ने शर्तमा उनी रिहा भएका थिए । हाल भने उनी फरार भएको स्थानीयले बताए । हाल सम्म औषधी बाहेक रमाको उपचारमा ७ लाख ५० हजार खर्च भइसकेको परिवारजनले जनाए । जस मध्ये ठक्कर दिने मोटरसाईकलका धनी एवं चालक शिवका परिवारले अस्पताललाई २ लाख ५० हजार मात्र बुझाएकोछ । औषधी पसलको १ लाख ५० हजार रुपैयाा पनि तिर्न बाँकी नै रहेको परिवारजनले थपे । पत्नीको उपचारको क्रममा साहु महाजन संग चर्काे ब्याजमा लिएको १ लाख रुपैया पनि सकिएको उनले सुनाए । “ पैसा जुटाउन पत्नीलाई अस्पतालमा एक्लै छाडे्र निस्केको उनले भने–अब साहु महाजनले पनि थप पैसा दिन मानेका छैनन् ।

” पैसा पनि छैन, पत्नीको अवस्थामा सुधार पनि छैन, अब के गर्ने ? उनले पीडा सुनाउँदै भने–विगत २७ दिन देखि पत्नी गोल्डेन अस्पतालको वेड नम्बर २४ मा मृत्युसंग संघर्ष गरिरहेकी छिन, बढ् दो उपचार खर्चको जोहो कसरी गर्ने भन्ने कुराले तनावमा छु ।” एलानी जग्गामा बसोबास गर्दै आएका विपन्न अवस्थाका उनी दैनिक मजदुरी गरेर परिवार पाल्दै आएका छन् । रकमकै अभावमा केही वर्ष अघि विरामी परेका एक्लो छोराको उपचार गराउन नसक्दा मृत्यु भएको उनले सुनाए । घरमा कमाउने आफु मात्र भएको र पत्नीको हेरचाहमा खटिनु पर्दा झनै समस्या थपिएको उनको भनाई छ । पत्थरगाढा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विजय कुमार महतोले मोटरसाईकल चालक यादवलाई सोही दिन पक्राउ गरी जिल्लामा बुझाइएको बताए । प्रहरी उपरिक्षक राजेन्द्र धमलाले सुरुमा घाईते महिलाको उपचारमा लागेको २ लाख ५० हजार रुपैयाँ चालक यादवबाट अस्पताललाई तिर्न लगाएको र थप लाग्ने खर्च पनि ब्योहोर्ने शर्तमा उनी थुना मुक्त भएको बताए । चालक यादवलाई थप उपचार खर्च अस्पतालमा बुझाउन लगाउन मातहतका प्रहरी निकायमा निर्देशन दिईसकेका छौं, उनले भने“नबुझाए उनलाई पक्राउ गरी कानुन अनुसारको मुद्दा प्रक्रिया अघि बढाई पीडितलाई न्याय दिलाउँछौं ।”

Comment


Related News

Latest News

Trending News