२०७८ कार्तिक ५, शुक्रबार ०७:३०

कलैया । शैक्षिक सुधारको माँग गर्दै महागढी नगरपालिका–२ स्थित श्री नेरा आधारभुत विद्यालय ईनर्वामा तालाबन्दी गरिएको छ ।

नियमित पठनपाठन नहुँदा आफुहरुले तालाबन्दी गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका सदस्य जयकिशोर यादवले जानकारी दिए । हिसाव किताव पारदर्शिता गर्नुपर्ने, पाठ्यपुस्तक खरिदको हिसाव सार्वजनिक गर्नुपर्ने, छात्रावृत्ति वितरण, खाजा वितरण, अनुदान रकमको आयव्यय सार्वजनिक गर्नुपर्ने लगायतका माग गरेर तालाबन्दी गरिएको समितिका महिला सदस्य बालकेसी अहिरिनले बताईन् । विद्यालयको तथ्यांकमा २ सय ८० जना विद्यार्थी रहेकोमा नियमित भने ६० देखि ८० जना विद्यार्थी आउने गरेको एक शिक्षिकाले बताईन् । बिहीबार बिहान १० बजेर ४० मिनेटमा पुग्दा ११ जना विद्यार्थीहरु मात्र उपस्थित थियो । ७ जना शिक्षकहरुले कक्षा ५ सम्म पठनपाठन गराउँदै आएका छन् । महागढी नगरपालिकाको शिक्षा शाखा प्रमुख रामविश्वास चौरसियाले शैक्षिक संस्थामा तालाबन्दी गर्नु दुखद भएको बताउदै पालिकाबाट गएको सुबिधाहरुको उपयोग नगरेको पाइए छानबिन गरि दोषी देखिए कारबाही गरिने बताए ।

Comment


Related News

Latest News

Trending News