राजविराज । असन्तुष्टीका बीच जारी गरिएको संविधान संशोधन गर्नुपर्ने नेपाल सद्भावना पार्टीले माग गरेको छ । बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त पार्टीले त्यस्तो माग गरेको हो ।
पार्टीका राष्ट्रिय उपाध्यक्ष दशरथ यादवले भने–‘संविधान असन्तुष्टिका बीचबाट आएको हो, त्यसैले सबैको भावना समेट्न संविधान संशोधन गरिनुपर्छ ।’ उनले समग्र मधेश एक प्रदेश आफनो पार्टीको प्रमृुख एजेन्डा मध्य एक रहेको बताए । महासचिव रामपृत यादवले विषेश गरी नागरिक्ता, निर्वाचन प्रणाली तथा मधेश प्रतिको सत्ताशिन दलको हेराईमा विभेद देखीएकाले संविधान संशोधन आवश्यक रहेको बताए । सो पार्टी निकटका राष्ट्रिय महिला मंचकी अध्यक्ष सुनिता देवी अग्रवालले मधेशी, आदिवासी, जनजाती, मुस्लिम, सिमान्तकृत समुदाय लगायतका मुद्दा ज्युँका त्युँ रहेको बताईन् । उनले स्थानीय तहको निर्वाचनमा समेत लाखौं रुपैया खर्च गरी पार्टीको टिकट लिने र निर्वाचनमा सहभागी हुने प्रवृति बढ्न थालेपछि गरिब तथा योग्य उम्मेदवार आर्थिक कारणले नै त्यसबाट बन्चित हुने अवस्था आएको भन्दै स्थानीय निर्वाचनमा पाटीबार्ट उम्मेदावरी दिने व्यवस्था हटाउनु पर्नेमा जोड दिईन् । जिल्ला अध्यक्ष गंगा प्रसाद यादवले संविधानमा रहेका असन्तुष्टीलाई संशोधन गरी संम्बोधन नगरिए जटिलता थपिदै जाने भन्दै अबिलम्ब संविधान संशोधन गर्नुपर्ने माग गरे ।

