जनकपुरधाम । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख राजेश कुशवाहालाई कुटपीट गरेको विरोधमा ईन्जिनियरहरुले विरोध जुलुश प्रर्दशन गरेका छन् ।
नेपाल इन्जिनियरिङ्ग एशोसिएन प्रादेशिक केन्द्र, नेशनल ईन्जिनियरिङ्ग एशोसिएन नेपाल लगायतका आधा दर्जन भन्दा बढी संघ संगठनहरुको नेतृत्वमा शुक्रवार विरोध प्रर्दशन गरिएको हो । पिराडीचोक स्थित आयोजनाको कार्यालय परिसरबाट निकालिएको सयौं ईन्जिनियरहरुको सो जुलुश रामानन्द चोक , जनक चोक , शिव चोक हुँदै जिल्ला प्रशासन कार्यालय धनुषामा गई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्र बुभ्mदै प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले यस्ता अमानवीय र घृणित अपराध गर्ने जो सुकैलाई पनि कडा कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । पार्टीको आडमा गुण्डागर्दी बन्द गर , सीके राउतको ईन्जिनियरिङ्गको काउन्सिल सदस्यता खारेज गर , दोषीमाथि कारवाही गर लगायतको दर्जनौ नारा लेखिएको प्लेकार्ड सहित ईन्जिनियरहरुले शान्तिपूर्ण बिरोध जुलुश प्रर्दशन गरेका हुन । राष्ट्रसेवक कर्मचारीहरुलाई अमानवीय तरीकाले कुटपीट तथा अभद्र व्यवहार गर्नेलाई कडा कारवाही नगरिए चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्न हामी बाध्य हुने नेपाल ईन्जिनियरिंग एशोसिएन प्रदेश २ का सह–सचिव भवेश मिश्राले चेतावनी दिएका छन् । ‘यस प्रकारको कुकृत्य हामी कदापि सहन सक्दैनौ तसर्थ सरकारले हाम्रो सुरक्षाको ग्यारेन्टी गर्नै पर्छ अन्यथा हामी देशभरका ईन्जिनियरहरुले कामकाज ठप्प गरी आन्दोलनमा होमिने छौं,’– मिश्राले बताए । यता, जनकपुरधाममा विहीबार डिई कुशवाहा उपर भएको अभद्र व्यवहारको विरोधमा काठमाण्डुमा पनि इन्जिनियरहरुले विरोध जुलुस निकालेका छन् । उनीहरुले पनि सिके राउतको इन्जिनियरिङ्गको काउन्सिल सदस्यता खारेजीको माग गर्दै कडा कारवाही गर्न सरकार


