२०७८ कार्तिक ६, शनिबार ०७:५५

इन्जिनियर हरुले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहामाथि भएको कुटपीटको विरोधमा निकालेको जुलुसलाई प्रतिकार गर्न खोजेका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले लाठी चार्ज गरेका छन् ।

कार्यकर्ता रिहाइको मागको निहुँमा इन्जिनियरहरुले निकालेको जुलुसलाई जिल्ला समन्वय समितिको कार्यालय अगाडि प्रतिकार गर्न खोज्दा प्रहरीले लाठी चार्ज गरेका छन् । ईन्जिनियरहरुको पूर्व घोषित कार्यक्रम अनुसार विरोध जुलुश जिल्ला प्रशासन पुगेकै समयमा जनमतका कार्यकर्ताहरुले जिप्रका घेराउ गर्न पुगेपछि दुईतर्फी भिडन्त हुने सम्भावना देखेपछि प्रहरीले जनमतका कार्यकर्ताहरुलाई लखेटेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनमतका कार्यकर्ताहरुले प्रहरीले लाठी चार्ज गरेको भनेपनि शान्ति सुरक्षा तथा दोहोरो भिडन्त हुन सक्ने सम्भावनालाई मध्येनजर गर्दै प्रहरीले जनमतका कार्यकर्ताहरुले बोकेको बाँसको भाटाहरु समेत खोसेका थिए । झडपका क्रममा प्रहरीले लाठीचार्ज गरेपछि जनमत पार्टीका कार्यकर्ता त्यहाँबाट भागेका थिए । जनमतको जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम पुर्णतः असफल भएको छ । त्यसै गरी स्थानीय चोक चोकबाट बाँसका भाटा सहित अपराधिक शैलीमा विभिन्न सवारी साधनमा देखिएका जनमतका कार्यकर्ताहरुलाई समेत प्रहरीले धरपकड गरेको छ । शान्ति सुरक्षालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले जिल्ला प्रहरी कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा लगायतको विभिन्न ठाउँमा व्यापक प्रहरी परिचालन गरेको छ ।

Comment


Related News

Latest News

Trending News