सप्तरी । जिता खोलाको बाढीले बगाएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ९ का २३ वर्षिय लालु भन्ने दिपेन्द्र मण्डल अझै भेटिएका छैनन् ।
उनी वेपत्ता भएको शुक्रवार तीन दिन पुगेको छ । शुक्रवार पनि सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीयले डुंगाको प्रयोग गरी खोजी कार्य ब्यापक बनाएको छ । बुधवार दिउँसो सीमावर्ती भारतको कुनौली बजारबाट दीपावली र छठ पर्वका लागि किनमेल गरी फर्किदै गर्दा रमपुरामल्हनीया–हनुमाननगर सडक खण्डको जीर्ण पुल पार गर्ने क्रममा बाढीले मण्डललाई बगाएको थियो । उनीसंगै रहेका २८ वर्षिय संजीव मण्डल भने पौडी खेलेर ज्यान जोगाउन सफल भएका थिए । मण्डलको अवस्था अहिले सम्म पत्ता नलाग्दा परिवार पीडामा छन् । विगत तीन दिन देखि घट्नास्थल मै रहेका मण्डलका भाई राजकुमारले वेपत्ता भएका दाजुको खोजी कार्यमा प्रहरी र स्थानीयवासी संगै आफुहरु पनि जुटेको तर अहिले सम्म कुनै अत्तो पत्तो नलागेको दुखेसो पोखे । वेपत्ता मण्डलको खोजीका लागि सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठको नेतृत्वमा विगत तीन दिन देखि गोताखोर टोलीले खोजी कार्य जारी राखेको छ । “सुरक्षाकर्मी दिनरात डुङ्गाले घट् नास्थल तथा आसपासका क्षेत्रमा खोजी गरिरहेका छन, सशस्त्र प्रहरी उपरिक्षक श्रेष्ठले भने–‘तर हाल सम्म सफलता मिलेको छैन ।’ जिता नदीको बाढीले मण्डललाई भारतीय क्षेत्र तर्फ बगाएर लगेको हुन सक्ने अनुमान गर्दै भारतीय प्रहरी अधिकारीको सहयोगमा समेत खोजी कार्य ब्यापक बनाइएको उनको भनाई छ ।
ढीले सो सडक खण्डको पृुल समेत ढलेको छ । जसकारण विगत तीन दिन देखी उक्त सडक खण्डमा आवागमन पुर्णरुपमा ठप्प भएको छ । वर्षा रोकिएकाले अबिलम्ब क्षतीग्रस्त पुलको मर्मत तथा आवागमन सुचारु गर्न स्थानीयले माग गरेका छन् ।


