२०७८ कार्तिक ६, शनिबार ०८:१६

जनकपुरधाम । धनुषामा एक महिलाको गहना लुट्न हत्याको प्रयास गरिएको छ ।

विदेह नगरपालिका–६ गिद्धा बस्ने ५० वर्षीया जमुनी देवीको गहना लुट्नको लागि हत्याको प्रयास गरेको आरोपमा प्रहरीले ३५ वर्षीय रामभजन महतोलाई पक्राउ गरेको छ । शुक्रवार विहान ११ वजे चौरमा घाँस काटिरहेको वेला महतोले जमुनीको घाँटीमा छुरा राखि गहना लुट्ने प्रयास गरेपछि होहल्ला भएर आरोपी फरार भएको थियो । छुरा प्रहारले जमुनीको घाँटीमा घाउखत भई रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराउँदै उपचारको लागि तत्काल प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका थिए । अहिले जमुनीको स्वास्थ्य अवस्था ठिक रहेको र घटनामा संलग्न रहेका महतोलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको धनुषाका प्रहरी प्रवक्ता नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धानमा महतोले जमुनीको पाउजु लुटन हत्याको प्रयास गरेको देखिएको उनले जानकारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News