२०७८ कार्तिक ७, आईतवार ०७:२१

जनकपुरधाम । एजेन्टबाट ठगिएका पीडित प्रहरीबाटै प्रताडित भएको आरोप लगाईएको छ ।

न्यायको लागि जाँदा उल्टै प्रहरीले कुटपीट गरेको जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलिया का २८ वर्षीय राजकुमार सदाले आरोप लगाए । प्रहरीले चौकीमै बोलाएर कुटपीट गरी प्रताडित गरेको पीडित सदाको दुखेसो छ । मुजेलिया प्रहरी चौकीका सई चन्दनकुमार सिंहको आदेशमा पीडितलाई समस्या समाधान गरिदिने भन्दै बोलाएर पीडकको ईशारामा कुटपीट गरेको सदाले बताए । वैदेशिक रोजगारीमा पठाउने भन्दै आफूलाई ठगेर स्थानीय एजेन्ट रामहृदय यादवसंग पैसा माग्दा प्रहरी मार्फत यातना दिन लगाएको दुखेसो सदाको छ । चार वर्षअघि विदेश पठाइदिन्छु भनेपछि सदाले स्थानीय साहु महाजनसँग ९५ हजार रुपैयाँ ऋण लिई स्थानीय एजेन्ट यादवलाई बुझाएका थिए । तर कम्पनी नै बन्द भएपछि वैदेशिक रोजगारीका लागि बहराइन पुगेका सदा दुई महिना नपुग्दैँ नेपाल फर्केका थिए । सदाका अनुसार पटक–पटक पैसा मागेपछि एजेन्ट यादवले उनलाई फोन गरेर कार्तिक २ गते मुजेलियास्थित यातायात कार्यालय नजिक बोलाएका थिए । भेट्न गएका सदालाई घेरा हालेपछि दुवै जना बीच झडप हुँदा सदालाई पक्राउ गरिएको मुजिलियाका सई सिंहले जानकारी दिए । ‘ यदि सदा ठगीमा परेका छन् भने चौकीमा आएर सहयोग लिनु पथ्र्यो तर उनी झै–झगडामा उत्रेपछि पक्राउ नगर्ने कुरै भएन् ।

तर यातना भने दिएका छैनौ’– सई सिंहले स्पष्ट पारे । एजेन्ट यादवको टाउकोमा दुईटा टाका लागेको छ र उनले दिएको उजुरी पछि हामीले सदालाई बोलाएका हौं । र अहिले पनि वार्ताकै माध्यमले समस्या समाधानको लागि पहल भईरहेको सिंहले बताए । गल्ती दुबै पक्षले गरेकै हुन एकले ठगी गरे अर्को कुटपीटमै उत्रे । शनिवार पनि दुबै पक्षलाई चौकीमा बोलाई छलफल गरिएको सई सिंहले जानकारी दिए । समस्याको समाधान अहिले सम्म हुन सकेको छैन् ।

Comment


Related News

Latest News

Trending News