अपडेट 
२०७८ कार्तिक ८, सोमबार ०६:५५

भारत र चीन जस्ता दुई ठूला महाशक्ति राष्ट्रबीच अवस्थित नेपालले आफ्नो भौगोलिक र भुराजनितिक अवस्थाको फाइदा लिन सक्नुपर्छ । तर त्यसो गर्न भारतसंग जस्तै नेपालले चीनको सन्दर्भमा पनि दिपक्षीय समबन्धको सही पहिचान गर्न सक्नुपर्छ । तर, चीनले आन्तरिक गतिबिधि देखि नेपाल हेराइबारे टिप्पणी गर्ने सवालमा काठमाण्डौको राजनितिक बृतदेखि बौद्धिक क्षेत्र र नागरिक समाज मौन देखिन्छ । चीनलाई देउतासरह कुनै गलित नै गर्न सक्दैन भन्ने जुन मानसिकता हाम्रो देशमा विकसित गराउने काम भएको छ शायद त्यही भएर होलाराष्ट्रिय राजधानीमा हुने गरेका छलफलहरुमानेपालमा चीनको बढदो प्रभाव बारे केही नसुनौ, नदेखौं र नबोलौं भने झै अवस्था छ ।यस एकपक्षीय अवधारणले नेपालको धेरै अहित गरेको छ ।

आजसम्म कसैको पनि दासत्वको इतिहास नबोकेको नेपालको गौरवशाली इतिहासले निरन्तरता पाइरहनुपर्छ । हाम्रो देशको आत्मसम्मान र स्वाभिमानसित जोडिएको विषयमा सम्झौता हुनुहुदैन् । देशको आत्मसम्मान र स्वभिमान प्रति सतर्करहनु हाम्रो कर्तव्य र धर्म पनि हो ।राष्ट्रको मर्यादा र स्वभिमानको सवालमा दुबै छिमेकी राष्टह«रुसहित विश्व समूदायसित हाम्रो व्यवहार एक समान हुनुपर्छ । बेईजिंङसंगको सम्बन्धमा हजुरिया नीति किन अपनाईन्छ, त्यो आज सम्म बुझ्न सकिएन । चीनसामुनेपाल जती दब्यो उसले नेपाललाई उति नै हेप्नेछ र अन्ततः नेपाल–चीन सम्बन्धका आर्थिक र समाजिक पाटा खुस्कनेछन् । समकक्षीको सम्बन्ध नहुदा नेपालसंग चिनीया सम्पर्क तथा सेवा र उत्पादनको आपूर्ति समेत कमसल हुन जान्छ । चीनको अर्थतनत्रले दिने सेवा र वस्तुको स्तर उत्पादनमा ठूलो अन्तर हुने गर्दछ । उसले संसारकै गुणस्तरिय देखि कमसलमा कमसल सामग्री सम्म उत्पादन गर्दछ । यस्तै चिनीयाँ पर्यटक उच्च क्रयशक्ति भएको देखि ज्यादै थोरै खर्च गर्ने सम्म छन् । हीनताबोध बोक्ने नेपालले उच्चकोटीको उत्पादनको अपेक्षा गर्न मिल्दैन, धेरै खर्च गर्ने पर्यटक आकर्षित गर्ने ल्याकत पनि राख्दैन । चीन सामु पिल्सिएको जस्तो गरी प्रस्तुत हुने नेपाली मानसिकताले बिर्सनु हुन्न कि नेपालका आफ्नै उपलब्धिहरु पनि छन जो गर्व गर्न लायकका हुन । भोटको सन्दर्भमा बेईजिंग सशंकित नै छ , जून कारण ऊ नेपाली सीमामा कठोर समेत हुने गर्दछ । नेपाल–चीन सीमाना अहिले नियन्त्रित मात्र नभई बन्द जस्तै हुनु चिनिया शासकको आफ्नो असुरक्षाको भावना हो, नेपाली राज्यको कमजोरी होइन । चीनले गल्ति गर्ने सक्दैन भन्ने मानसिकतावाट नेपाली समाज माथि आउनु आवश्यक छ । चीनका लागि नेपाल, नेपाल प्रथमिक्ताको देश होइन? आर्थिक रणनीतिक र सामरिक कुनै दृष्टीले पनि । ऐतिहासिक कालदेखि नै नेपालमा चीनको उपस्थिती उसको वास्तविक प्रभाव भन्दा ठुलो देखिने गरी चित्रण हुदै आएको छ ।

दक्षिण छिमेकीसंगको सम्बन्धमा कथित रुपमा सधै अपमानित हुदै आएको हिनताबोधले भारतसित सामना गर्ने उपायको खोजिमा काठमाण्डौँका शासकले आफुप्रति चीनकोसदासयतालाई वास्तविक्ता भन्दा ठूलो देखाउदै आएका छन । भारतसित झिना मसिना कुरामा पनि आत्मसम्मान, स्वाभिमान र समानताको कुरा गर्न नचुक्ने केही वर्ग उत्तरी छिमेकीसामु समर्पणवादी नीतिको समर्थन गर्न पनि कन्जुस्याई गर्देनन् । चीनको एउटा प्रान्त तिब्बतका उपमन्त्री नेपाल आउदा पनि त्यसलाई ठूलो उपलब्धिको रुपमा विश्लेषण गर्ने गरिन्छ । नयाँ परिपेक्षमा नेपालका कतिपय वर्ग एवं समूहले चीनलाई आवश्यक्ता भन्दा बढी देवत्वकारण गरिदिएको छ जसको प्रभाव नागरिक स्तरसम्म पुग्न गएको छ । त्यसमाथि चीनको सत्तारुढ चिनीया कम्युनिष्टपार्टी (सीपीसी) को सिद्धान्त आयात गरेको नेपाली राजनितिक दलहरुले निर्माण गरेको जादूमय वातावरणले सर्वसाधारणलाई भ्रममा पारिदिएको छ । भारतको छबि खराब गरेर चीनलाई नेपाली समाजको उद्दारकर्ताको रुपमा प्रस्तुत गर्ने काम विगत लामो समय देखि हुदै आएको छ । छिमेकी राष्ट्रपति सदभाव सहित तटस्थ हुनुपर्नेमा ठूलो जनमत नै प्रो–चिनिया बन्नु पुगेको छ । परिणामस्वरुप चीन प्रतिको आलोचनात्मक दृष्टिकोण सीधै पश्चिमद्धारा पोषित तथा स्वतन्त्र तिब्बतको पक्षधर घुसपैठियाको रुपमा कलड्ढित गरिने गर्छ । चीनलाई गुण दोष दुवै भएको छिमेकी भन्नठान्नुको सट्टा तख्तामा राखेर अति सम्मान गरेका कारण उत्तरतिरको सम्बन्धमा हाम्रो स्वभिमान र आत्मसम्मान घुडा टेक्ने तहमा पुगेको छ । दक्षिणी छिमेकीको विरोध गर्दा गर्दै हामी आफ्नो देशको कति क्षति पु¥याएको हौ, त्यसको चेतना हामीलाई हुदै भएन

Comment


Related News

Latest News

Trending News