जनकपुरधाम । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान पार्टी नेतृत्व पूर्णतः असफल रहेको दावी गरेका छन् ।
आइतबार जनकपुरधाम विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले जनताको चाहना र विधि अनुसार संचालन नहुँदा पार्टी कमजोर भई नेतृत्व पूर्णतः असफल भएको दावी गरे । कम्युनिटहरुको अर्कमण्यताको कारण देशमा राजनीतिक अस्थिरता उत्पन्न भएको छ, नेता सिंहले भने–‘ कम्युनिष्टहरुले आप्mनो पार्टी समेत व्यवस्थापन नगरेर काण्डै काण्ड गरेका छन् ।’ जनताले कम्युनिष्टलाई दुई तिहाई बहुमत दिए, तर उनीहरुले संविधानको मर्म विपरित काम गर्दा मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको उनले थपे । मुलुकमा स्थिरताको निम्ति नेपाली कांग्रेसको नेतृत्व परिवर्तनको आवश्यकता अपरिहार्य रहेको उनले स्पष्ट गरे । पार्टी नेतृत्वमा विमलेन्द्र निधिको कुरो आएको छ ? भन्ने प्रश्नको जवाफ दिँदै उनले नेतृत्व भनेको पार्टीको सभापति मात्र नभई मुलुकको नेतृत्व पनि रहेको बताए । सबल, सक्षम र अनुशासित नेतृत्वको लागि आसन्न महाधिवेशनमा सभापतिमा आप् mनो उम्मेदवारी निश्चित रहेको उनले स्पष्ट पारे । पार्टीको सबलताकै लागि आप् mनो उम्मेदवारी रहेको नेता सिंहले प्रष्ट पारे । महाधिवेशनको मिति हेरफेर गरेर लोकतान्त्रिक पद्धतिलाई स्वीकार गरी तोकिएकै मितिमा महाधिवेश हुनु पर्ने मांग समेत उनले गरे ।
उनले ४/४ पटकसम्म महाधिवेशनको मिति सारिएको प्रति आक्रोश व्यक्त गर्दै आप्mनो पक्षमा लबिंग गर्न फेरी पनि मिति सार्ने चलखेल भईरहेको आरोप लगाए । १४औं महाधिवेशनमा नेतृत्व परिवर्तनको आवश्यकता रहेको बताउँदै उनले सभापतिमा आपूmले उम्मेदवारी दिने पक्का रहेको बताए । सर्वसम्मत रुपमा आपूm सभापतिको उम्मेदवारको लागि नेताहरुसँग निरन्तर छलफलमा रहेको उनले बताए । पार्टीलाई गतिशील बनाएर देशलाई आर्थिक क्रान्तिको बाटोमा डो¥याउन सफल र सक्षम नेतृत्वको खाँचो रहेको उनले औल्याए ।


