जीतपुर । ईलाका प्रहरी कार्यालय सिमरा, बाराले भन्सार छली ल्याएको कपडा नियन्त्रणमा लिएको छ ।
प्रहरीको मोवाईल गस्ती टोलीले जीतपुरसिमरा उप–महानगरपालिका–१ स्थित पथलैया जीतपुर सडक खण्डबाट कपडा नियन्त्रणमा लिएको हो । तराई काटा अगाडी सडकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा बिरगंजबाट हेटौडा तर्फ जानको लागि आएको ना.१ ज. ५२७० नम्वको टाटासोमो गाडीबाट ६० हजार ५ सय बराबरको कपडा नियन्त्रणमा लिएको हो । चेकजाँच गर्ने क्रममा टाटासोमो गाडीको माथि छत(हुट) को भागमा भन्सार छली ल्याईरहेको अवस्थामा कपडा बरामद भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।बरामद कपडामा कुर्ता सरुवाल र ईन्डियन रेडबुल रहेको छ ।पक्राउँ गरिएको कपडालाई आवश्यक कार्बाहीकोलागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।


