२०७८ कार्तिक ८, सोमबार ०८:४९

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको आह्वानमा आज (सोमबार) फुलकोर्ट (पूर्ण बैठक) बस्दै छ । तर सर्वोच्चका १४ न्यायाधीशले फुलकोर्ट बहिष्कार गर्ने भएका छ्न् । प्रधानन्यायाधीश जबराले सोमबार बस्ने फुलकोर्टको एजेन्डाबारे छलफल नै नगरी बैठक आह्वान गरेको भन्दै न्यायाधीशहरूले आपत्ति जनाएका हुन् ।

प्रधानन्यायाधीश र नेपाल बार एशोसियसनका अधिकारीबीच आइतबार भएको छ्लफलमा प्रधानन्यायाधीश जबराले सोमबार फुलकोर्ट डाक्ने प्रतिवद्धता जनाएका थिए । सोमबार बस्ने फूलकोर्टमा वरिष्ठ अधिवक्ता उपाधिको निर्णय गर्ने कार्यसूची राखिएको छ । प्रधानन्यायाधीश जबराले आजको बैठकमा न्यायपालिका सुधार कार्यदलको प्रतिवेदन सम्बन्धी एजेन्डा राखेको बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । थप धारणा बनाउन सर्वोच्चका न्यायाधीशहरूको बैठक आज बिहान पुनः बस्दै छन् ।

पछिल्लो समयमा पाँच दलीय गठबन्धनको सरकार बनेपछि विवादमा तानिएका प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठक बहिस्कार गर्ने सर्वोच्चका १४ न्यायाधीशले आइतबार गरेका हुन् । गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाइएपछि थप विवादमा तानिएका प्रधानन्यायाधीशले सोमबारका लागि फुलकोर्ट बैठक बोलाएका छन्। सर्वोच्च अदालतमा हाल प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश छन्। तीमध्ये १४ जनाले फुलकोर्ट बैठक बहिष्कार गर्ने भएपछि प्रधानन्यायाधीश अप्ठेरोमा परेका छन् ।

Comment


Related News

Latest News

Trending News