अपडेट 
२०७८ कार्तिक ९, मंगलवार ०७:१३

चुनाव नजिँकदै क्यारे ! उर्दूका प्रसिद्ध शायर राहतइन्दौरीको एउटा शायरीको पंक्ति यस्तो छ : “….तनाव है क्या/जरा देखो चुनाव है क्या?”

देशमा राजनीतिकदलहरुको आन्तरिक घम्साघम्सी हेर्दा यस्तै लाग्छ । अझडा. सीके राउतको जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानी कार्यालयका प्रमुख डिभिजनल ईन्जिनियरलाई भ्रष्टाचारी भन्दै लछारपछार र हिलो पोतेर सडकमा घुमाएपछि प्रदेश नम्बर २को राजनीति पनि तरंगित भएको छ । नेपालीकाँग्रेस, एमाले, माओवादी केन्द्र र नेकपा (एस) लगायत संसदियधाराका राजनीतिक पार्टीहरु त राष्ट्रियस्तरमा छँदैछन् । प्रदेश नम्बर २ मा भने यी पार्टीहरुका अतिरिक्त जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)शीर्षमा छन् । जसपा विभाजित नहुँदासम्म त उपेन्द्र–बाबूराम (जसपा) र महन्थ–राजेन्द्र लगायत (लोसपा)ले एकीकृत रुपमा सरकार नै चलाएका थिए । पार्टी विभाजन पछि जसपाले नेका, माके र नेकपा (एस(संग मिलेर सरकार गठन गरेको छ भने लोसपा प्रतिपक्षी बेन्चमा छ । संसदिय राजनीतिमा पहिलो पटक चुनावमा भाग लिने तयारीमा रहेको डा.राउतको पार्टी मधेशी एजेन्डाकै पार्टी भएपनि, यसै एजेन्डाको कार्ड खेलेर प्रदेशको सत्तामा हावी रहेका जसपा र लोसपा लगायतका पार्टीहरुसंग उनको खासै चियोचर्चो देखिँदैन । बरु जसपा र लोसपाले मधेश आन्दोलनको एजेन्डालाई धोका दिएको र जनताको निम्ती कामना गरेको भनेर डा.राउतले पटक पटक आलोचना गर्ने गरेकोमा उनिहरु तुलनात्मक रुपमा खिन्न जस्तै देखिँदै आएका छन् । उनिहरुको सम्बन्धमा पनि कटुताकै मात्रा बढी देखिने गर्छ । राजनैतिक प्रभावको दृष्टिले जसपा र लोसपाले डा.राउतको जनमत पार्टीलाई ‘लो प्रोफाइल’मा राखेको देखिन्छ ।

जहाँसम्म पृथकतावादी राजनीति छाडेर संसदिय राजनीतिमा भविष्य खोजी रहेका जनमत पार्टीका अध्यक्ष राउतको प्रश्न छ, उनि आफ्नो पार्टीलाई स्थापित गराउन अवसरहरुको खोजीमा हुनु पनि स्वाभाविक नै हो । हुन त डा.राउत र उनका कार्यकर्ताहरुले खानेपानीका डिईलाई लछारपछार पार्नुलाई जनताले गरेको जनकार्वाही भनि रहेका छन्, र भ्रष्टाचारको मुद्दामा जनाक्रोश पनि स्वाभाविक नै छ । तर यसमा पहल र अग्रगामी भूमिका चाँही उनिहरुको हो भन्नेमा पनि दुई मत छैन । वर्तमान नेपाली संसदिय राजनीतिमा भ्रष्टाचार यस्तो मुद्दा हो, जो हमेशा रही रहन्छ र यसलाई निहुँ बनाएर जो सुकैले पनि आफ्नो गोटी अगाडी सार्न सक्छ । वर्तमान सत्ता राजनीतिमा दलाल पूँजी पतिवर्ग निर्णायक देखिएका छन्, र वैध–अवैध चन्दा र कमीसनको लोभमा राजनीतिक दलहरुको यिनीहरुसंगको सम्बन्ध अबखुला रहस्य जस्तै छ । यसै कारण वर्तमान सत्ता राजनीतिमा भ्रष्टाचार स्वाभाविकचरित्र जस्तै देखिन्छ । डा.राउतलेवर्तमान राजनीतिमाआफ्नो पार्टीलाई चर्चामाल्याउन यसै सदाबहार मुद्दालाई हतियार बनाएका छन् । हुन त भ्रष्टाचारको मुद्दाको विरोध अन्य राजनीतिकदलहरुलेपनिगर्ने गर्छन् । चर्चामाआउन भ्रष्टाचारको मुद्दाको प्रयोगपनिनयाँहोइन । मधेश आन्दोलनपछि चुनावी राजनीतिकातयारी गरिरहेकामधेशकेन्द्रिततत्कालीन‘ फोरम’नामधारी पार्टीहरुलेपनिसरकारी कार्यालय घेराउ, अन्य पार्टीकाअफिस र नेताहरुको घरमातोडफोड र आक्रामकनारा जुलूस गर्ने गरेकाथिए । उनिहरु संघीय र प्रदेश सरकारको हिस्सा बन्नथालेपछि परिवर्तित हुँदै गएकाहुन् । भ्रष्टाचारी जनप्रतिनिधितथाकर्मचारीहरुलाई कालोमोसो दलेको, जुत्ताको मालालगाएको घटना यसभन्दापहिलेपनिहुँदै आएको हो । तर यस खानेपानीकार्यालयको डिई. प्रकरणपछि जसरी अन्यदलहरुले तिखो प्रतिक्रियाव्यक्त गरेका छन्, त्यसले ‘लो प्रोफाइल’मा नै भएपनि डा.राउतउनिहरुको नोटिसमा छन् भन्ने देखाउँछ ।

उनले आफ्नो पार्टीलाई कुनहदसम्म स्थापितगर्न सक्छन् र परिणाम आफ्नो पक्षमापार्नसक्छन् भन्ने त भविष्यको कुरा भयो, तर उनले चाहेको पनि सम्भवतःयही नै हो । उनले डिईको कार्वाहीलाई भ्रष्टाचार विरुद्धको अभियानको हिस्सा भनेपछि तथाआफूहरुको निशानामाजनकपुर धाम् उपमहानगरपालिकाको मेयर र प्रदेशको मूख्यमन्त्री रहेको अभिव्यक्ति दिएपछि जसरी प्रशासनिक सक्रियता बढेको छ, सरकारी कार्यालयहरु र उपमहानगरपालिकाको कार्यालयमा सतर्कता बढेको देखिन्छ, त्यसले सकारात्मक र नकारात्मक, दुबै कोणबाट डा.राउतको पार्टीलाई चर्चामा त ल्याएको छ । प्रायः सबै पार्टीले यस घटनाको आलोचना गरेका छन् । प्रशासनले डा.राउतको पार्टीकाकार्यकर्ताहरुलाई पक्राउ गरेर मुद्दा चलाएको छ । र प्रायः सबै पार्टीहरुले डिईसंग भएको दुव्र्यवहारको तिखो आलोचनातथा दोषीलाई कार्वाहीको माँग गरेका छन् । इन्जिनियर्स एशोसिएसनलगायतकाकर्मचारी संगठनहरुले पनि दोषीलाई कार्वाहीकोमाँगगरिरहेका छन् । उनिहरुले विरोधको तरिका ठिक न भएको, शान्तिपूर्ण विरोध हुनूपर्ने भनेर तर्क गर्दैछन् । र अर्कोतिर भ्रष्टाचार विरुद्धको अभियानलाई निरन्तरतादिने भनेर तथाआफ्नो कार्यकर्ताहरुलाई गिरफ्तार गरेको विरोधमादबाबसिर्जनागर्न जनमत पार्टीलेपनिजबाबीआन्दोलनको घोषणा गरेको देखिन्छ । जनमत पार्टीले आन्दोलनको निम्ती तय गरेकाकार्यक्रममा वडाहरुमा बैठक, कार्यकर्ता प्रशिक्षण जस्ता कार्यक्रम हेर्दा उनिहरुको ‘ कहीँ पे निगाहेँ, कही पे निशाना’भन्ने बुझ्नगाह्रो छैन । यसै निहुँमा डां राउतको पार्टीले चुनावीतयारी शुरु गरेको पनि प्रष्ट हुन्छ । डिई प्रकरणलाई अन्यपार्टीहरुले आपराधिककार्य भनेर डांराउतलाई जतिसुकै साइजमाल्याउने प्रयत्न गरेपनि, उनि यसैलाई हतियार बनाएर आफ्नो दाउ खेल्ने योजनामा देखिन्छन् ।उनको निम्तीफाइदाजनक के छ भने उनलाई जतिसुकै अराजकभनिएपनिउनकाकार्यकर्ताले डिई प्रकरणलाई सदाबहार भ्रष्टाचारसंग जोडिरहेका छन् ।

सभ्यभनिएको एउटा जमातले उनकाकार्यकर्ताहरुलाई उच्छृङखलभनेपनिअर्को जमात भ्रष्टाचारीलाई कार्वाही गरेको ठिक हो भन्ने पनि छ । यसै कारण एउटा अन्तर्वार्तामा डां राउतले यसलाई ‘ट्रिगर इभेन्ट‘ (शुरुआती क्षण) भनेका छन् । यद्यपिउनको पार्टीको आगामीकार्यक्रमहरु हेर्दा सामान्यनारा जुलूस हुँदै कार्यकर्ताहरुको आक्रामकतालाई चुनावीतयारीमाबदल्नचाहेको पनि प्रष्ट छ । उनले भनेजस्तै यो ट्रिगर इभेन्ट मात्रभएको देखिन्छ । हुन पनि कर्मचारीतन्त्र होस वा प्रशासन तन्त्र वा राजनीति, सबैतिर भ्रष्टाचार र घूसखोरीको स्थिति भयावह छ । जनसरोकार तथाजनताको स्वर सबैतिर उपेक्षित छ । भ्रष्टाचार, घूसखोरी, कमजोरवर्ग प्रतिको दमन र उत्पीडनको विरुद्धमा नहुने कोहीपनि छैन । तर परिणाम नदारद छ ।दमन र उत्पीडन निरन्तन छ र यस्को विरुद्ध लफ्फाजीमात्र छ ।यहीत्यो बिन्दु हो, जहाँबाट जनाक्रोश जन्मन्छ र, मौखिक र सक्रियप्रतिरोधका सम्भावनाहरु जन्मन्छन।यसले सहीदिशा समात्यो भने दमन र उत्पीडनको विरुद्ध सामाजिकआमूल परिवर्तनको वैचारिक संघर्ष र क्रान्तिको शुरुआत हुन्छ । र, यस्तो भएनभने यस जनाक्रोशलाई चतुर राजनीतिकदलहरुले आफ्नो स्वार्थ अनुकूलप्रयोग गरिरहेकाहुन्छन् । डां राउतले आफ्नो पक्षमाजतिसुकै तर्क दिएपनिउनि यसै चुनावी राजनीतिमा घरजमगर्न पपुलिस्ट बाटो अपनाई रहेका छन् । यस राजनीतिमाउनि परिक्षित छैनन्, त्यसैले अन्य संसदिय पार्टी जस्तै उनिमाथीप्रश्नहरु थोरै हुनसक्छन् ।

तर सैद्धान्तिकस्तरमा जसरी सत्तामामजदूर र किसानलगायत उत्पीडित वर्गको सहभागिताको राजनैतिकअधिकारको प्रश्नमाउनिमौन देखिन्छन्, त्यसलेउनिपनित्यसै जमातको हिस्सा रहेको र उनको नियतिपनिअन्यसंसदिय राजनीतिकदलसंग समान देखिन्छन् ।यहाँ सबै आन्दोलन छ, जाति, क्षेत्र, लिङ्ग, दलित, मधेश, आदिवासीजनजाति, पहिचान र अस्तित्व सबै आन्दोलनहरु छन्, तर मजदूर र किसानको आन्दोलनकिन छैन । किनपसीनाचुहाउने वर्गको आन्दोलनकुनै राजनीतिकदलको एजेन्डा र कार्यक्रममा छैन

Comment


Related News

Latest News

Trending News