पोखरिया । पर्साको पोखरिया नगरपालिकाको पाँचौ नगरसभाको दोस्रो बैठक सोमबार सम्पन्न भएको छ ।
पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारले बैठक उद्घाटन गर्दै जनता, जनप्रतिनिधि र कर्मचारीको सहयोगले शिक्षा, स्वास्थ्य, कृषि, बालबालिका र पर्यटन लगायतको क्षेत्रमा काम भएको बताए । नगरपालिकाको विकासमा समस्या भएपनि संघर्ष गर्दै जनप्रतिनिधि अगाडि बढेका छन् । जनप्रतिनिधि र कर्मचारीहरु बिच आउँदो दिनमा समन्वय गरि अगाडि बढाउने बताए । ५० करोड ६२ लाख १९ हजार २ सय ६७ रुपैयाँको बजेट नगर सभा कार्यक्रममा उप मेयर सलमा खातुनले प्रस्तुत गरिन् । आन्तरिक स्रोत ९ करोड ३१ लाख, समानिकरण अनुदान ११ करोड ७५ लाख, सशर्त अनुदान १९ करोड ८९ लाख, राजस्व बाँडफाडबाट ७ करोड १७ लाख, प्रदेश सरकारबाट समानीकरण अनुदान ८० लाख ४४ हजार, सशर्त ८० लाख, विशेष अनुदान ३० लाख, समपुरक २० लाख र राजस्व बाँडफाडतर्पm ४० लाख ५२ हजार बजेट रहेको छ । बालिका स्वर्ण बीमा कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । स्वास्थ्य ,शिक्षा,कृषि ,पशु ,पर्यटन,भौतिक पुर्वधार बिकासमा विशेष जोड दिइएको नगर प्रमुख रौनियारले बताए ।
नगर उपप्रमुख सलमा खातुन, नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत अशोक कोईराला, वडाध्यक्ष बंका राउत कुर्मी, सुरेन्द्र यादव,अजय कुमार गुप्ता ,लक्ष्मण साह कानु,उमाकान्त साह, शियानन्द चौहान, नन्दलाल पटेल, किशोरी साह, रामबाबु चौहान, सोनालाल साह गोढ, नगर कार्यपालिका सदस्य, नगर सदस्य अधिकृत बिजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, योजना प्रमुख संजय पाण्डे ,आईटी अफिसर अरबिन्द दुबेदी, संदिप साह, राजु रौनियार, कर्मचारीहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो ।


