अपडेट 
२०७८ कार्तिक ९, मंगलवार १६:२८

नेपालमा मंगलबार थप ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ हजार ७ सय ७१ पिसिआर परिक्षणका क्रममा ५ सय ६९ जना र २ हजार २ सय ४९ एन्टीजेन परिक्षणका क्रममा ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ४ हजार ५ सय १३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ११ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ७२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ६ सय २२ संक्रमित कोरोनामुक्तहुदा हालसम्म नेपालमा ७ लाख ८८ हजार ६ सय ३० जना निको भएका छन् । हाल नेपालमा १० हजार २ सय ९६ सक्रिय संक्रमित आइशोलेशन र २ सय १७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News