२०७८ कार्तिक १०, बुधबार ०७:०८

जनकपुरधाम । प्रदेश सरकार संसद छलेर विश्वविद्यालय स्थापना सम्बन्धी अध्यादेश सिफारिस गरेको छ ।

प्रदेश सभामा दुई तिहाइ बहुमत रहेको प्रदेश सरकारले सदनबाटै विद्येयक पारित गर्न सक्ने अवस्था हुँदाहँुदै विश्वविद्यालय स्थापना गर्न अध्यादेश सिफारिस गरेको हो । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले वीरगंजमा प्राविधिक विश्वविद्यालय र कृषि विश्वविद्यालय सप्तरीमा स्थापना गर्न अध्यादेश प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको छ । अध्यादेश ल्याउने प्रदेश सरकारको निर्णयलाई विपक्षी दलले विरोध गर्दै अलोकतान्त्रिक कदम बताएको छ । प्रदेशका नागरिकका लागि ल्याउने कानुन प्रदेश सभाबाट पारित नगरी अध्यादेश ल्याएर प्रदेश सभा र संसदको अपमान गरेको विपक्षी नेताको आरोप छ । प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा) संसदीय दलका नेता जितेन्द्र सोनलले दुई तिहाइको प्रदेश सरकारले अध्यादेश ल्याएर प्रदेश सभाको उपेक्षा गरिएको आरोप लगाए । विश्वविद्यालय स्थापना गर्न प्रदेश २ सरकारले सिफारिस गरेको अध्यादेश प्रदेश सरकारको अलोकतान्त्रिक चरित्र भएको सोनलले आरोप लगाए । नेकपा एमाले संसदीय दलका नेता सत्यनरायण मण्डलले विश्वविद्यालय स्थापना गर्नु राम्रो भएपनि विधिप्रक्रिया गलत भएको बताए ।

प्रदेश सरकार चुनाव प्रभावित गर्न अध्यादेश ल्याएर विश्वविद्यालय स्थापना गर्न लागेको आरोप लगाए । प्रदेश सभाबाट पारित हुनु पर्ने विद्येयकलाई अध्यादेशबाट ल्याउनु गलत भएको उनले टिप्पणी गरे । प्रदेश प्रमुखबाट अध्यादेश जारी भए लगतै दुबै विश्वविद्यालय स्थापनाको बाटो खुल्ने छ । प्रदेश सरकारले संविधानको धारा २०२ बमोजिम प्रदेश सभा संचालनमा नरहेको अवस्थामा अध्यादेश सिफारिस गरिएको छ ।

Comment


Related News

Latest News

Trending News