२०७८ कार्तिक १०, बुधबार ०७:३३

मलगंवा । नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले विद्रोहको राँको बालेर संविधान रक्षा गर्दै जनताको चाहना पूरा गर्न अगाडि बढेको बताएका छन् ।

नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ विद्रोहको झिल्को बलेको उनले बताए । सर्लाहीको हरिवनस्थित द्वन्द्वपीडित बालगृहमा मंगलबार आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको हैकमवादी प्रवृतिका कारण नै आफूहरुले विद्रोहको राँको बाल्नु परेको बताए । देशमा आफूहरूले विद्रोहको राँको बालेको दावी गर्दै नेपालले राँको लिएर हामी देश दौडाहामा लागेको बताए । उनले ओलीको हठकै कारण दुईतिहाईको सरकार ढाल्नु परेको र नयाँ पार्टीको नेतृत्व गर्नु परेको दाबी गरे । नेपालले ओलीले गफबाहेक विकासका अरु कुनै पनि काम नगरेको आरोप लगाए । उनले गिनिज बुकमा ओलीको नाम ’गफाडी प्रधानमन्त्री नम्बर एक’ भनेर लेखिने कुरा बताएका हुन् । ओलीले काम केही नगरेको र झुठा र हसाउने काम मात्र गरेको उनको भनाइ छ । अध्यक्ष नेपालले कम्युनिष्टका पुराना पिंढीदेखि नयाँ युवाहरु आफ्नो साथमा रहेको दाबी गरे । उनले कम्युनिष्टको क्रान्तिकारी बिरासतलाई बोक्दै मुलुकको ७४ जिल्लामा पार्टीको कमिटी बनेको र ३ जिल्लामा कमिटी निर्माण भइरहेको बताए । सातै प्रदेशमा पार्टी संगठन बनेको जनाउँदै उनले प्रदेश २ मा ओलीलाई उछिनिसकेको दाबी गरे ।

नेकपाको तर्फबाट दुई तिहाईको सरकारको नेतृत्व गर्दै प्रधानमन्त्रीको जिम्मेवारी पाएको ओलीले अनुचित काममात्र गर्न थालेपछि आफूहरु विपक्षमा उभिएको बताए । ‘ओलीमा अहंकार र दम्भ बढ्यो । पार्टीको नीतिभन्दा नेता ठूलो देख्न थाले, काम सुको नगर्ने भए, संविधानको हत्या गर्न थाल्नु भयो,’ अध्यक्ष नेपालले भने, ‘यसैकारण हामीले उनीविरुद्ध मोर्चा बनायौं र संविधानको रक्षा गर्न सफल भयौं ।’ ओलीले मुलुकको अधिकांश स्थानमा अस्पतालको शिलान्यास गर्ने काममात्र गरेको नेता नेपालको आरोप छ । उनले तत्कालीन प्रधानमन्त्री ओली गफाडी प्रधानमन्त्रीको रुपमा गिनिज बुकमा लेखिने आरोप लगाए । अध्यक्ष नेपालले आगामी निर्वाचनमा ५ दलीय गठबन्धन अगाडि बढ्ने भन्दै ओली नेतृत्वको एमालेसँग सहकार्य नहुने बताए । फरक प्रसंगमा नेता नेपालले निर्वाचन प्रणलीमा भएका विकृति, विसंगतीलाई चिर्दै अगाडि बढ्नु पर्ने बेला आएको बताए ।ब

Comment


Related News

Latest News

Trending News