२०७८ कार्तिक १०, बुधबार ०७:३८

लहान । लेनदेन मुद्दामा अदालतबाट सजाय पाएपछि फरार भएका एक अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका २ चतरीका ५५ वर्षीय शितल मलाह मुखिया रहेका छन् । फैसला कार्यान्वयनको सिलसिलामा लेनदेन मुद्दामा फरार अपराधी मुखियालाई पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार अदालतले मुखियालाई २ वर्ष कैदको सजाय सुनाएको छ । उनलाई अदालतमा पेश गरेपछि कैद भुक्तानीका लागि मंगलबार कारागार चलान गरिएको छ ।

Comment


Related News

Latest News

Trending News