२०७८ कार्तिक १०, बुधबार ०९:४१

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार (आज) विश्वासको मत लिने भएकी छन् ।

आज दिउँसो १ बजेसम्म बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन् । मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा परेकी शाक्यले दुई महिनापछि प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।

गत असोज २४ गते प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गरेको थियो । प्रस्तावमाथि प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले प्रदेश सभाका सदस्यहरूसँग आफ्नो पक्षमा विश्वासको मत दिन आग्रह गरेकी थिइन् ।

गठबन्धनका दलहरू नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालका नेताहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । उनीहरुले विश्वासको मतको विपक्षमा मतदान जनाएका थिए ।

आज पनि प्रस्तावको विपक्षमा बोलेका प्रदेश सभाका सदस्यहरूको प्रश्नको मुख्यमन्त्री शाक्यले जवाफ दिने छिन् । प्रदेश सभा सचिवालयका प्रवक्ता विनोद अमात्यले दस्तखतसहितको मत विभाजनसम्बन्धी कार्यविधि २०७८ प्रदेश सभाबाट पारित भएपछि मतदान प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News