२०७८ कार्तिक ११, बिहीबार ०७:०६

जटही भन्सारका कर्मचारी हकाहाकी घूस माग्ने गरेको पाइएको छ ।

सवारी साधनको एक दिने निःशुल्क सुविधाका लागि कर्मचारीले भोजभात खर्च वापत घूस लिने गरेको पाइएको छ । काउन्टरमा बसेका कर्मचारीले दिनभरी असुल गरेको घूसको रकम साँझ सबै कर्मचारी एकआपसमा बाँडने गरेका छन् । राजनीति पहुँचले वर्षौदेखि जटही भन्सारमा रहेका कर्मचारीहरु हकाहाकी घूस माग्ने गरेका छन् । धनुषाको लगमा जटही छोटी भन्सारका कर्मचारीले निःशुल्क अस्थायी पैठारी सुविधाका लागि अतिरिक्त रकम लिएको पाइएको छ । नेपाल–भारत सीमा जटही नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय गाडीलाई जनकपुर सम्म एक दिने पासका लागि भन्सारका कर्मचारीले अतिरिक्त रकम लिने गरेको पाइएको हो । ‘क्यासलेस’ भन्सारको काउन्टरमा कर्मचारी नगद घूस लिएर मात्रै सेवा दिंदा भारतीय यात्रु नेपालमा ठगिएका छन् । भन्सारका कर्मचारीले प्रज्ञापन पत्र लिने काउण्टरमा कार्यालय सहयोगी बैजनाथ कर्णलाई खटाएर निःशुल्क सुविधा प्राप्त गर्ने भारतीय सवारी साधन बाहकबाट घूस असुल गर्दै आएका छन् । कार्यालयमा भेटिएका भन्सारका नायब सुब्बा मनोज महतोले क्यासलेस काउन्टरमा कर्मचारीले नगद कारोबार गर्न नमिल्ने बताए । भन्सारका कर्मचारी नगद रुपैयाँ लिने व्यवस्था छैन, महतोले भने, ‘कर्मचारीले आपूmखुशी अतिरिक्त रकम लिनु गलत हो ।

यस विषयमा थाहा भएन् ।’ भन्सारको सबै आर्थिक कारोबार बैँक काउन्टरबाट भइरहेको छ, उनले भने । जनकपुर भन्सार कार्यालयका प्रमुख प्रमोद दासले निःशुल्क सुविधा वापत शुल्क लिने भन्सारका कर्मचारीलाई कारवाही गरिने बताए । भन्सार काउन्टरमा कर्मचारीले नगद रुपैँयाँ लिनै मिल्दैन, लिएको प्रमाण भेटिए कारवाही हुने दासले बताए । राजनीति पहुँचको भरमा जटही भन्सारमा रहेका कर्मचारी बारे पटक पटक गुनासो आएपनि भन्सार कार्यालयले कारवाही गर्न सकेको छैन् ।

https://www.youtube.com/watch?v=edLufbJTMAk

Comment


Related News

Latest News

Trending News