२०७८ कार्तिक ११, बिहीबार ०७:२८
जीतपुर । ज्येष्ठ नागरिकलाई सहजताको लागि बाराको देवताल गाउँपालिकाले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ ।
गाउँ पालिकाले सामाजिक सुरक्षा भत्ता लिइरहेका बृद्ध बृद्धाहरुलाई बैंक सम्म आवतजावत गर्न सास्ती खेप्नु परिरहेको भन्दै सहजताको लागि बस सेवा संचालनमा ल्याएको देवताल गाउँपालिकाका अध्यक्ष चन्दन सिंहले जानकारी दिए । गाउँपालिकाले यसै वर्षको नीति तथा कार्यक्रममा घोषणा गरे बमोजिम संचालन मा ल्याएको गाउँपालिका अध्यक्ष चन्दन सिंहले बताए । उक्त बस ३९ लाखको लागतमा खरिद गरिएको गाउँपालिकाले जनाएको छ ।
https://www.youtube.com/watch?v=edLufbJTMAk&t=4s


