अपडेट 
२०७८ कार्तिक ११, बिहीबार ०७:३१

जनकपुरधाम । लागूऔषधसहित पक्राउ परेका सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ यादव रिहा भएका छन् ।

सिरहाकै सिमावर्ती बजार माडरबाट वडाध्यक्ष यादव सोमवार साँझ पक्राउ परेका थिए । उनलाई तारेखमा बोलाएको बेला हाजिर हुने सर्तमा छाडिएको सिरहाका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले जानकारी दिए । उनले भने, ‘वडाध्यक्ष यादवको साथबाट लागूऔषध बरामद भएको देखिएन् । अन्य व्यक्तिले मोटरसाइकलमा राखिदिएको हुनसक्ने अनुसन्धानले देखाएको छ । त्यसैले उनलाई छाडिएको छ तर यो विषयमा थप अनुसन्धान जारी छ ।’ वडाध्यक्ष चढेको स १ ब ९३८ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकलबाट १५ पिस नाइट्रोभेट ट्याब्लेट बरामद भएको थियो ।

Comment


Related News

Latest News

Trending News