२०७८ कार्तिक ११, बिहीबार ०७:४५

जनकपुरधाम– ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँ गाउँपालिका –७ स्थित सडक ढलान कार्यलाई गुणस्तरहीन बताउँदै स्थानीय युवाहरुले अवरोध गरेका छन् ।

युवाहरुको विरोध पछि निर्माण कार्य बुधबार रोकिएको छ । ईस्टिमेटमा ८ ईन्च मोटो ढलान उल्लेख रहेपनि ७ ईन्च मात्र ढलान गरेको, एक, डेढ र तीनको भागमा केमिकल सहित कंक्रिट ढलान हुनु पर्नेमा ९ गिट्टी ,४ बालुवा तथा १ बोरा सिमेन्ट मिसाएर ढलान गरिएको भन्दै उनीहरुले ढलान कार्यमा अवरोध पुर्याएका छन् । डिभिजन सडक कार्यालय मुजेलियाको योजना अन्तर्गत राजमार्गदेखि गाउँपालिका अस्पताल सम्मको चार सय मिटरमा आरसीसी ढलान गर्न लागिएको साईट ईन्जिनियर शम्भु मोचीले जनाए । २० सेन्टिमिटर मोटाई ,६ मिटर चौडाई तथा चार सय मिटर सडकमा ढलान गर्नु पर्ने ईस्टिमेट अनुसार नै काम भईरहेको ईन्जिनियर मोचीले दावी गरे । स्थानीय युवाहरुको अवरोध पछि ढलान कार्य स्थगित गरिएको र बिहीबार काम सुचारु गर्न स्थानीय जनप्रतिनिधि र स्थानीयवासीहरुसंग छलफल गरी काम अघि बढाईने मोचीले थपे ।

https://www.youtube.com/watch?v=edLufbJTMAk

Comment


Related News

Latest News

Trending News