२०७८ कार्तिक ११, बिहीबार ०७:४७

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका ९ गोठकोयलपुरमा शिव लिङ्ग स्थापनाको अवसरमा बुधवारदेखि कुस्ती सुरु भएको छ ।

धनुषा क्षेत्र २ का संघीय सांसद एवं पूर्वमन्त्री उमाशंकर अरगरिया, शहिदनगरका मेयर उदय बरबरिया, वडाध्यक्ष रामदेव मरिक लगायतले संयुक्त रुपमा कुस्तीको उद्घाटन गरे । पूर्वमन्त्री अरगरियाले लोपोन्मुख कुस्ती खेल र पहलवानको संरक्षण सरकारले गर्नुपर्ने बताए । उनले राज्यको उदासिनताका कारण कुस्ती लोप हुन लागेकोमा चिन्ता व्यक्त गरे । गोठकोयलपुरमा निर्माण भएको महादेव मन्दिरमा कात्र्तिक ७ गते विशाल कलशयात्रा पश्चात शिवलिङ्ग स्थापना गरिएको थियो । खाडी मुलुकमा रहेका यहाँका यूवाहरुको चन्दा सहयोगबाट मन्दिर निर्माण भएको स्थानीय निशान्त यादवले बताए । उनका अनुसार शिवलिङ्ग स्थापनाको अवसरमा मेला लागेको छ । मेला समितिले आयोजना गरेको कुस्ती हेर्न बुधबार सर्वसाधारण उर्लिएको देखियो । कुस्ती हेर्न टाढा– टाढाका खेलप्रेमीहरु आएको थियो । कुस्ती खेलप्रति युवाभन्दा बृद्धहरुमा आकर्षण छ । नेपाल र भारतका पहलवान कुस्ती खेल्न आएका छन् । बिहीवार कुस्ती सम्पन्न हुन्छ ।

Comment


Related News

Latest News

Trending News