२०७८ कार्तिक १२, शुक्रबार ०७:३६

गरुडा । प्रदेश २ का विकास समितिका सभापति एवं रौतहटका प्रदेश सांसद शेख अब्बुल कलाम आजाद उर्फ फुलबाबुले शिक्षा विना देशको विकास असम्भव रहेको बताएका छन् ।

देशलाई समृद्ध र विकसित बनाउन सर्वप्रथम शिक्षाको चौतर्फी विकासको आवश्यक्ता रहेकोले निर्वाचित सबै जनप्रतिनिधिले शिक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने प्रदेश सांसद फुलबाबुले बताए । गृह जिल्ला रौतहटको गढिमाई नगरपालिका वडा नं ४ सुन्दरपुरमा बिहीबार आयोजित विद्यायक कप मावि स्तरीय हाजिरी जवाफ एवं वादविवाद प्रतियोगिता कार्यक्रममा बोल्दै प्रदेश सांसद फुलबाबुले अहिलेका बालबालिका पछि शिक्षित भएर देश हाक्न सक्ने भएको हुँदा शिक्षामा लगानी गर्नुपर्ने आवश्क्ता रहेको बताए । संघीय गणतन्त्र नेपालको संविधानले शिक्षा क्षेत्रलाई मौलिक हकका रुपमा परिभाषित गरेको र बालबालिकाले शिक्षा पाउनु नैसर्गिक अधिकार रहेको उनले बताए । समाज शिक्षित भए मात्र देशको विकास सम्भव रहेकोले बालबालिकालाई शिक्षा तर्फ आकर्षित गर्न जनप्रतिनिधिले बेलाबेलामा हाजिरी जवाफ, बादविवाद प्रतियोगिता जस्ता कार्यक्रमको आयोजना गराउन तादरुक्ता देखाउनुपर्ने उनले बताए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छोरीलाई पढाई तर्फ आकर्षित गर्न ल्याएको छोरी विमा एवं बेटी पढाउ, बेटी बचाउ कार्यक्रम रौतहटमा पुर्ण रुपमा सफल भएको प्रदेश सांसद फुलबाबुले दावी गरे । छोरी विमा एवं बेटी पढाउ, बेटी बचाउ कार्यक्रमले रौतहटको प्रत्येक सामुदायिक विद्यालयहरुमा पहिलाको तुलनामा अहिले छात्राहरुको संख्या ह्वातै बढेको र छात्राहरु पढाईप्रति समेत आकर्षित हुँदै गएकोले मुख्यमन्त्री राउतले सञ्चालन गरेको बेटी पढाउ, बेटी बचाउ अभियान पुर्ण रुपमा सफल भएको उनले बताए । यसैविच गढिमाई नगरपालिका ४ सुन्दरपुरमा बिहीबार रौतहट क्षेत्र नं ४ को प्रादेशिक क्षेत्र ख र गढिमाई नगरपालिका मावि स्तरीय हाजिरी जवाफ एवं वादविवाद प्रतियोगिता बालबालिका एवं शिक्षिकहरुको उत्साहजनक सहभागितामा भव्यताका साथ सम्पन्न भएको छ ।

रौतहट क्षेत्र नं ४ को खबाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेश सांसद शेख फुलबाबुको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा क्षेत्रभरीका १३ वटा माध्यमिक विद्यालयका छात्रछात्राहरु भाग लिएको थियो । प्रतियोगितामा माध्यमिक विद्यालय हर्षाहा, वरगजवा, समनपुर, मलाहीटोल, हर्दिया पल्टुवा, विरनगरा, धमौरा, धर्मपुर, श्रीपुर नयाँ गम्हरीया, गरुडा, गेडहीगुठ्ठि, बसबिटि जिङ् गडिया र संग्रामपुरका छात्रछात्राहरु भाग लिएका थिए । पहिलो चरणमा भएको हाजिरी जवाफ प्रतियोगितामा जम्मा ३९ वटा प्रश्न सोधिएकोमा १९ वटा प्रश्नको सही उत्तर दिदै माध्यमिक विद्यालय बसबिटि जिङ्गडिया प्रथम भएको छ भने माध्यमिक विद्यालय श्रीपुर नयाँ गम्हरीया ८ अंक सहित द्धितिय र ७ अंक सहित माध्यमिक विद्यालय समनपुर तृतिय भएको छ । त्यस्तै दोश्रो चरणमा भएको वादविवाद प्रतियोगितामा छात्र छात्रा गरी जम्मा ११ जना भाग लिएकोमा माध्यमिक विद्यालय धमौरामा अध्ययनरत छात्रा निकी कुमारी पाल प्रथम भएकी छिन भने माध्यमिक विद्यालय नयाँ गम्हरीया श्रीपुरकी छात्रा सकिना बेगम द्धितिय र माध्यमिक विद्यालय मलाही टोलकी छात्रा दुर्गा कुमारी सहनी तृतीय भएका छिन । दुवै प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि सोही क्षेत्रका प्रदेश सांसद शेख फुलबाबुले दोसल्ला ओढाएर सम्मान गर्नुका साथै सम्मान पत्र, कापी, कलम, औजारबक्स सहित मेडल प्रदान गरेका छन् ।

Comment


Related News

Latest News

Trending News