२०७८ कार्तिक १२, शुक्रबार ०७:४०

लहान । सिरहा जिल्लामा अवैध उत्खनन कार्यमा प्रयोग गरिएको जेसीवी र ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको गोलबजार नगरपालिका–१ मैनावती खोलाको पश्चिम तर्फको वनको जग्गामा उत्खनन गरिरहेको देव विल्डर्स प्राईभेट लिमिटेड जनकपुरधामको एउटा जेसीवी र एउटा अनटेष्ट पावर ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय गोलबजारले नियन्त्रणमा लिएको जेसिबी र ट्रयाक्टर जिल्ला वन कार्यालयमा बुझाईने जनाएको छ । प्रहरले अहिले सम्म कसैले पनि जेसिबी र ट्रयाक्टरबारे दावी गर्न कोही नआएको बताएको छ । ग्राभेल खनेर वडाकै रुवालेटोलको बाटो मरम्मतको काम गरिरहेको स्थानीयवासीहरुले बताए । वडाध्यक्ष देवनारायण महतोले पनि तेजकुमार थापा उपभोक्ता समिति रहेको काममा माटो ल्याएको भन्ने सुनेको बताएका छन । यता सो बाटो मरम्मतको लागि ५ लाख रकम छुट्याईएको बुझिएको छ ।

Comment


Related News

Latest News

Trending News