२०७८ कार्तिक १२, शुक्रबार ०७:५३

जनकपुरधाम । नेपाल मेला महोत्सव संघको प्रदेश २ समिति गठन गरिएको छ ।

धनुषाको ढल्केबरमा महोत्सवका सदस्यहरुको एक भेलाले बिहिवार रुद्रबहादुर राउतको अध्यक्षतामा संघको प्रदेश २ समिति सर्वसम्मतले गठन गरिएको छ । संघको प्रदेश वरिष्ठ उपाध्यक्षमा सुल्तान खान, उपाध्यक्षमा कासिम हुसैन, इन्द्र लामा, नारायण अधिकारी र कलामलाई चयन गरिएको छ । संघको महासचिवमा धावर लामा, सचिवद्वयमा बिनोद चौधरी र पर्वत लामा, सह–सचिवमा सरु भण्डारी, कोषाध्यक्षमा इश्वरी केसी र सह–कोषाध्यक्षमा बेचन साहलाई चयन गरिएको हो । गठित समिति सदस्यमा ज्ञानु साह, देबेन्द्र साह, , बिनोद चौधरी, यामु बस्नेत सहितका रहेका छन । भेलामा संघका केन्द्रीय अध्यक्ष नारायण महतोले बिभिन्न ठाउँमा आयोजना हुने महोत्सवमा बाल उद्यानको नाउंमा करोडौंको राजस्व छली हुँदा पनि राज्यको ध्यानाकर्षण हुन नसकेकोले संघका पदाधिकारीहरु सजग हुन आग्रह गरे । भारतीय व्यवसायी नेपाल आएर मेला लगाउने गरेको र सो मेलामा हुने व्यापारमा करोडौंको राजस्व छली गर्ने गरेको उनले बताए । यस्ता किसिमका क्रियाकलाप गर्ने भारतीय व्यवसायीहरुलाई राजस्व बुझाउनको लागि नियन्त्रणमा ल्याउन देशको ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्रचार गरिएको पनि उनले जानकारी दिए ।

Comment


Related News

Latest News

Trending News