जलेश्वर । ग्रामिण उद्यम शिलता विकासलाई प्रोत्साहित गर्न महोत्तरीमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) संचालनमा आएको छ ।
बिहीबार जलेश्वरस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा आयोजित अन्तरकृया कार्यक्रममा आयोजना संचालन भएको जानकारी दिईएको छ । सो कार्यक्रममा बोल्दैे बर्दिबासस्थित कार्यालयका प्रमुख डा.चन्द्र प्रसाद रिसालले आयोजनाको उद्देश्यमाथि प्रकाश पारेका थिए । मुलुकभरमा १ सय ७१ पालिका आयोजनाको लागि छनौट भएको र सो मध्ये महोत्तरीको पाँच वटा गाउपालिका र पांचवता नगरपालिका छनौट गरिएको छ । छनौट गरिएका पालिकाहरुमा ग्रामिण उद्यमशिलता विकासलाई प्रोत्साहित गर्न साना कृषि उत्पादन मुलक साझेदारी तथा बजार सम्बन्धको विकासमा सहजिकरण गरी आयोजनाले कार्य संचालन गर्ने जनाईएको छ । जिल्लको पिपरा, महोत्तरी, सम्सी, सोनमा र एकडारा गाउँपालिका, बर्दिवास ,गौशाला ,जलेश्वर,मनरा सिस्वा र रामगोपालपुर नगरपालिकामा आयोजनाले काम गर्ने जनाईएको छ ।


