२०७८ कार्तिक १२, शुक्रबार १२:५४

उपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् ।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा साताव्यापी भ्रमणका लागि बेलायत गएपछि उपसभापति निधिले कार्यवाहक सभापतिको जिम्मेवारी पाएका हुन् ।

यसअघि पनि विदेश भ्रमण जाँदा देउवाले उपसभापति निधिलाई कार्यवाहक दिने गरेका थिए । उपसभापति निधि सभापति देउवालाई बिदाई गर्न त्रिभुवन विमानस्थल पुगेका थिए । देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी भने गृहमन्त्री बालकृष्ण खाणलाई दिएका छन् ।

Comment


Related News

Latest News

Trending News