२०७८ कार्तिक १३, शनिबार ०७:२४

रौतहट । जनमत पार्टीका कार्यकर्ताले निकालेको मसाल जुलुस अनियन्त्रित हुन लाग्दा प्रहरीले गरेको हस्तक्षेपमा आधा दर्जन भन्दा बढी घाइते भएका छन् ।

जनमत पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार शुक्रवार तराई–मधेशका विभिन्न जिल्लामा निकालेको मसाल जुलुस अन्र्तगत रौतहट जिल्लामा अनियन्त्रित हुन लाग्दा प्रहरीले गरेको हस्तक्षेपमा पार्टीका ८ जना भन्दा बढी कार्यकर्ता घाइते भएको छ । मसाल जुलुसको क्रममा जनकपुरधाममा पनि प्रहरीले जनमत पार्टीका कार्यकर्ताहरुलाई लखेटेको छ । त्यस्तै सप्तरी, सिरहा, सर्लाही लगायतका जिल्लाहरुमा पनि प्रहरीले मसाल जुलुसको क्रममा देखिएको अनियन्त्रित गतिविधि नियन्त्रण गर्नकालागि हस्तक्षेप गरेको छ । प्रहरीले लाठी प्रहार गर्दा रौतहटमा आठ जना भन्दा बढी कार्यकर्ता घाइते भएको जिल्ला सचिव विकास कुमार यादवले दावी गरेपनि प्रहरीले २ जना घाइते भएको जानकारी दिएको छ । घाइतेहरुको जिल्ला अस्पताल गौरमा उपचार भई रहेको र अवस्था सामान्य रहेको जिल्ला अस्पताल गौरले जनाएको छ । जनकपुरधाममा जनमत पार्टीका अध्यक्ष सीके राउतको घर अगाडि सडक नबनाएको भन्दै संघीय ढल तथा खानेपानी आयोजनाका प्रमुख राजेश कुशवाहालाई अभद्र व्यवहार गर्दा राउतका पक्राउ गरिएका ११ जना कार्यकर्ताको रिहाईको माग गर्दै पार्टीले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । बेलुकी ५ बजे देखि प्रदर्शनमा उत्रेका जनमतका कार्यकर्ताहरु प्रहरी प्रसासन विरुद्ध पनि नारावाजी गरेका थिए ।

प्रअलाई दुव्र्यवहार
जनकपुरधाम । जनमत पार्टीद्वारा जनकारबाहीका नाममा शुरु गरेको दुव्र्यवहारको क्रम बढ्दै गएको छ । संघीय ढल तथा खानेपानी आयोजना जनकपुरधामका प्रमुख राजेश कुशवाहावाट शुरु गरिएको अभद्र व्यवहारको क्रम रोकिएको छैन् । जनमत पार्टीका कार्यकर्ताहरुले शुक्रवार सवैला नगरपालिका–१५ बरर्कुवाका फकिरचन्द माध्यमिक विद्यालयका प्रधानाध्यापक बैजु साहलाई कालोमोसो गर्नुका साथै चप्पलले कुटपिट गरेको स्थानीयहरुले जनाएको छ । उनीहरुका अनुसार विभिन्न मागसहित पछिल्लो चार दिनदेखि आन्दोलित विद्यार्थीहरुको माग सुनुवाई नगरेको भन्दै जनमत पार्टीका कार्यकर्ताले शुक्रबार कुटपिट गरेको हुन् । नियमित पठन–पाठन हुनु पर्ने, शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनु पर्ने, विद्यालयका नाममा आएका सामग्रीहरु विद्यालयमा राख्नु पर्ने, विद्यालय सुधारका लागि सरोकारबालाहरुको बृहत भेला गरी अन्य विषयहरुमा निर्णय लिनु पर्ने लगायतका माग गरेका छन् ।

यता, जनमत पार्टीका जिल्ला समन्वय समिति धनुषाका स–सचिव नवीन पण्डितले एक विज्ञप्ति प्रकाशित गरी आफ्नो कार्यकर्ताले दुव्र्यवहार नगरेको दावी गरेका छन् ।

Comment


Related News

Latest News

Trending News