जनकपुरधाम । प्रदेश २ का महिला बालबालिका, युवा तथा खेलकुद मन्त्री बीरेन्द्र सिंहले उपलव्ध स्रोत साधनको अधिकतम उपयोग गरेर महिलाहरुलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् ।
जनकपुरधामको गोपाल धर्मशालामा शुक्रबारदेखि सुरु भएको प्रदेशस्तरीय दोस्रो महिला हस्तकला मेला÷प्रर्दशनीको उद्घाटन गर्दै मन्त्री सिंहले प्रदेशका महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि मेलाको आयोजना गरिएको बताए । उनले प्रदेशमा उपलव्ध स्रोतसाधनलाई प्रयोग गरि आत्मनिर्भर बन्नका लागि सिपको आवश्यकता रहेको बताए । उनले महिला उद्यमीहरुले उत्पादन गरेको घरेलु उत्पादनहरुलाई प्रोत्साहित गर्नको लागि मेलाको अयोजना गरिएको बताए । महिलाले जानेको सिपले आत्मनिर्भर वनाउन मद्दत पुरयाउने समेत बताए । कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता मिश्रले प्रदेशका महिलाहरुले अहिले पनि अधिकार नपाएको बताए । महिलालाई प्रदेशमा आधा अधिकार दिएको भनेर प्रचार प्रसार गरिएपनि व्यवहारमा लागू नगरिएको भन्दै गुनासो समेत गरिन् । जनकपुरधाम उपमहानगरपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि एक करोडको बजेट छुटयाएपनि कोरोनाका कारण कार्यक्रम संचालन गर्न नसकेपछि बजेट फ्रिज भएको समेत बताईन् । महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न किसिमको सिप सिकाएर दक्ष बनाउनुपर्ने आवश्यकता रहेको बताइन् । १४ गतेसम्म जनकपुरधाममा प्रदेशस्तरिय दोस्रो महिला हस्तकला चल्ने छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला बालबालिकाल युवा तथा खेलकुद मन्त्रालय प्रदेश २ र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा स्थानीय गोपाल धर्मशालामा सुरु भएको मेला÷ प्रदर्शनीमा हस्तकला उद्यमीबाट उत्पादित हस्तकलाका सामान राखिएको छ । मेलाबाट स्थानीयस्तरमा हस्तकलाको बिक्री प्रवद्र्धन गर्ने तथा अन्तर्राष्ट्रिय बजारमा हस्तकला वस्तुको निकासी प्रवद्र्धन गर्न सघाउ पुर्याउने लक्ष्य लिइएको छ ।
प्रदेश २ मा हस्तकला वस्तुलगायत स्थानीय उद्योगबाट उत्पादित सामानको बजार प्रवद्र्धन, स्थानीय कला तथा संस्कृतिको प्रचारप्रसार, नवोदित उद्यमीलाई वस्तु उत्पादनको बजारीकरण र उत्प्रेरणा, गरिब तथा विपन्न वर्गका महिला उद्यमी र तिनका परिवारलाई लघु, घरेलु हस्तकला उद्योगप्रति आकर्षण, स्थानीय उत्पादक, उपभोक्ता र क्रेतालाई एकै छाता मुनी भेला गराइ स्थानीय हस्तकलाको बजार प्रवद्र्धन, उद्यमी व्यवसायीको सम्पर्क र सम्बन्ध विकास गर्नु मेलाको उद्देश्य रहेको छ । मेलामा हस्तकला उद्यमी, व्यवसायीद्वारा उत्पादित स्थानीयस्तरका विभिन्न वस्तु, मिथिला कला, माटाका भाँडा, लाहाका गरगहना, प्राकृतिक रेसाका वस्तु, चाँदीका गरगहना, पश्मिना, ऊनी तथा सुतीजन्य वस्तु, काष्ठकला र हाते कागजजन्य वस्तु प्रदर्शनमा राखिएको छ । करिब ७० देखि ९० वटा कक्ष रहेको मेलामा २५ हजार आगन्तुक आउने तथा मेलामा जनकपुरधाम उपमहानगरपालिकाले समेत सहयोग गरेको छ ।