२०७८ कार्तिक १३, शनिबार १८:२३

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस नेतृत्वको सरकारसंग सहकार्य गर्नु निकै कठिन भएको बताउनुभएको छ ।

शनिबार जसपा निकट गैर भौगलिक विशेष प्रदेश समितिले काठमाडौंमा गरेको कार्यक्रममा यादवले बहुदल आएपछिको सवै बिकृति फैलाउने दल कांग्रेस भएको आरोप लगाउदै कांग्रेस नेतृत्वको सरकारसंग सहकार्य गर्नु निकै कठिन भएको बताउनुभएको हो ।

कांग्रेससंग बिकृतिबाहेक केहि नभएको उहाले बताउनुभयो । उहाले सरकार गठन भएको तीन महिनापछि मात्र आफ्नो पार्टी सरकारमा सहभागी भएकोे भन्दै तीन महिनाभित्र कांग्रेसले थाहा नै नदिइकन आफु निकट व्यक्तिमात्र भर्ति गरेको आरोप लगाउनुभयो । यादवले आफ्नो पार्टीले जनताको पक्षमा अधिकतम काम गर्ने बताउनुभयो ।

उहाले अहिले मुलुकको आर्थिक परिवर्तनका साथै सास्कृति र सामाजिक परिवर्तन जरुरी रहेको बताउनुभयो ।

Comment


Related News

Latest News

Trending News