गौर । रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहीले तथ्यमा आधारित गणना गर्न गणकहरुलाई निर्देशन दिएका छन् ।
राष्ट्रको विकास र समृद्धिको लागि राष्ट्रिय जनगणना अभियान २०७८ सुरु हुन लागेको सन्दर्भमा शनिवारदेखि रौतहटमा आयोजित ४ दिवसीय गणकहरुको तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी शाहीले १० वर्षमा एकपटक गणना गर्ने कार्य भइरहेकोले सचेत र सजग भएर कोही नछुट्ने र नदोहोरिने गरी गणना गर्न आग्रह गरे । राष्ट्रको आर्थिक, सामाजिक, राजनीतिक विकासको मेरुदण्डको रुपमा रहेको दस्ताबेज जनगणना भएको ले धार्मिक , सांसकृतिक , भेष भुषा , भाषाको राम्ररी ध्यान दिनु पर्ने जरुरि रहेको बताए । मुलुकको विकास को लागि अन्तरास्ट्रिय स्तरमा जनगणनाको आधार मानेर विकास निर्माणका योजना लगायत अन्य योजना कार्यक्रम निर्धारण गरिने बताए । नेपालमा बसोबास गर्ने सबै वर्ग, समुदाय, धर्म,जातजाति, लिङ्ग, भाषाभाषीको गणना गर्नुपर्ने बताउदै गणना गर्न जाँदा मातृभाषाको प्रयोग गरेर पूर्ण विवरण संकलन गर्न सुझाव दिए । उनले विवरण संकलन गर्न जाने गणकहरुलाई यथार्थ विवरण उपलव्ध गरेर नेपाल सरकारको राष्ट्रिय जनगणना अभियान सफल बनाइ दिन जिल्लाबासीमा अनुरोध समेत गरे ।
रौतहट जिल्लाको स्थानीय तहहरुबाट ६३७ जना गणक तालिममा सहभागी भएको जिल्ला जनगणना कार्यालय रौतहटका जनगणना अधिकारी देवनाथ यादवले बताए । नयाँ ढंग र सोचको आधारमा भैरहेको जनगणनामा प्रति परिवारको सम्पति, कृषि, पशुपन्छी, भाषा,धर्म ,जातजाती, लिङ्गको पहिचान खुल्ने गरी प्रश्नावली तयार गरिएको यादवले जनाए । चार दिन सम्म संचालन हुने सो तालिममा सहभागीहरुलाई गणना गर्न जाँदा सोधिने प्रश्न, संकलन गर्नु पर्ने विवरणको बारेमा जानकारी दिने भएका छन् । ६ लाख ८७ हजार जनसंख्या भएको रौतहटमा २०७८ को जनगणनाबाट जनसंख्यामा वृद्धि हुने अनुमान गरिएको छ । घरधुरी सर्वेक्षणको आधारमा ८ लाख भन्दा बढी जनसंख्या पुगेको भएपनि अधिकारिक संख्या गणना पछि नेपाल सरकारको राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्यांक विभागले पुष्टि हुने छन् ।


