अपडेट 
२०७८ कार्तिक १४, आईतवार १६:५९

नेपालमा आइतबार थप ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार ७ सय ३१ पिसिआर परिक्षणका क्रममा ३ सय ७६ जना र २ हजार १ सय ६८ एन्टीजेन परिक्षणका क्रममा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७ हजार १ सय ५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ७ जनाको कोरोनाका कारण मृृत्यु भएको छ । त्यस्तै थप ५ सय १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ९१ हजार ७ सय ८७ जना निको भएका छन् । हाल नेपालमा ९ हजार ३ सय ७६ सक्रिय संक्रमित आइशोलेशन र २ सय ११ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News