जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाले आइतवार विहान सवै वडामा सरसफाई कर्मचारी र ट्याक्टर पठाएपनि केहि वडाध्यक्षहरुले मेयर लाल किशोर साहको घर अगाडि फोहर फालेका छन् ।
शनिवार पुरा रात सरसफाई कर्मचारीहरुले बजारको फोहर फालेपनि बिहान वडाध्यक्षहरुले मेयर साहको घर अगाडि विरोध स्वरुप फोहर फालेका छन् । सरसफाई कर्मचारी, नगरप्रहरी लगायतका स्रोत साधनले जनकपुरधामको विभिन्न चोकहरुवाट करिव ५६ ट्याक्टर फोहर उठाएर फालेको भएपनि यस्तो अवस्थामा विरोध गर्नुको कुनै तुक नरहेको सरसफाई कर्मचारीहरु बताउँछन् । नगरप्रहरीहरुले भने आपूmहरु विहान ४ बजे सुत्न गएको तर, वडाध्यक्ष ज्यूहरुले हामीहरुलाई स्यावसी दिनुको साटो काम गर्ने हौसलानै समाप्त पार्न लागेको गुनासो गरे । वडाध्यक्षहरुले भने आपूmहरुले सरसफाईकोलागि पटक–पटक ताकेता गर्दापनि मेयरले नटेरेको भन्दै विरोध स्वरुप मेयरको घर अगाडि फोहर फालेको दावी गरेका छन् । तर, जउमनपाले आइतवार विहानै ट् याक्टर र सरसफाई कर्मचारी पठाई सकेको जानकारी गराइएको छ । फोहर फालेर वडाध्यक्षहरुले विरोध जनाएपनि काठमाण्डुमा रहेका जनकपुरधामका मेयर लाल किशोर साहले भने यसलाई राजनीति स्टन्टको संज्ञा दिएका छन् ।
उनले भने–‘विहानै ट्याक्टर र सरसफाई कर्मचारी सवै वडामा पठाई सकेका छौं, राति राति कर्मचारीहरु फोहर व्यवस्थापनमा लागेका छन्, उनीहरु आतिएर गरेका कार्य लोकतान्त्रिक मुल्य मान्यता विरोधी रहेको छ ।’ जनकपुरधाममा राजनीति गर्नकालागि अहिले सरसफाई एक मात्र अस्त्र रहेको र त्यो अस्त्रनै उप–महानगरका कर्मचारीहरु नष्ट गर्नलागेको हेरेर केहि वडाध्यक्ष आतिएको बताए । उनले सरसफाईकालागि कहिल्यै एक शव्द नबोल्नेहरुलाई सरसफाई संगको प्रेम देखेर आफु खुशी भएको बताए । केहि व्यक्तिमा देखिएका राजनीतिक भूखले उनीहरुलाई गल्ती गराई रहेको उनको भनाई छ ।


