२०७८ कार्तिक १५, सोमबार ०७:३४

लहान । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दलहरुको संयुक्त प्रयासले मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि सही लोकतन्त्र स्थापना हुन नसकेको बताएका छन् ।

सिरहाको गोलबजार नगरपालिका– ९ डण्डाटोलमा जसपा सिरहाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उनले लोकतन्त्रमा सवै जातिभाषा, धर्म, समुदाय, लिंगको राज्यसत्तामा सामानुपातिक पहुँच हुनुपर्ने तर अहिले पनि केही व्यक्तिको हातमा राज्य सत्ता रहेको दावी गरेका छन् । उनले राज्यको हरेक अंगमा सामानुपातिक प्रतिनिधित्वले मात्र हिमाल, पहाड, तराईलाई एकजुट भएर अगाडि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले संविधान संशोधन गरी नयाँ संघीय व्यवस्था गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको बताए । उनले लोकतन्त्र संस्थागत गर्न संविधान संशोधन आवश्यक रहेको बताए । उनले वर्तमान संविधानले सवै वर्ग, क्षेत्र, समुदाय र लिंगलाई समेटन नसक्ने भएकाले संविधान संशोधन गरी सवैको सर्वस्वीकार्य संविधान बनाउनुपर्ने बताए । उनले आगामी स्थानीय, प्रदेश र संघीय निर्वाचनमा पार्टीलाई एक नम्वरको पार्टी बनाउने दावी गरे । उनले संगठन विस्तार, सुदृढीकरण र प्रचारमा जुटनकालागि नेता कार्यकर्ताहरु संग आग्रह गरेका छन् । जसपालाई कमजोर पार्नकालागि विभिन्न प्रकारको जाल बुनाइ रहेको बताउँदै उनले त्यो नाकारात्मक प्रचारबाजीको पछि नलाग्न उनले आग्रह गरेका थिए ।

Comment


Related News

Latest News

Trending News