अपडेट 
२०७८ कार्तिक १५, सोमबार ०८:०३

अञ्चल अस्पताल जनकपुरबाट प्रादेशिक अस्पतालमा परिणत भएको हजारौं रोगीहरुको उपचारको केन्द्रको रुपमा रहेको प्रादेशिक अस्पताल जनकपुरधाम दिनप्रतिदिन सुधारोन्मुख छ । प्रादेशिक अस्पताल प्रति आम जनतामा जुन नाकारात्मक भ्रमहरु फैलाइएको थियो त्यो दिन प्रतिदिन कम हुँदै गएको छ । प्रादेशिक अस्पतालमा समयमा चिकित्सक नबस्ने तथा भरपर्दो उपचार नभएको भनि भ्रम फैलाइएको थियो त्यो बिस्तारै कम हुँदै गएको छ । यसै सन्दर्भका अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.प्रमोद कुमार यादवसंग टुडेकर्मी ध्रुबकुमार झाले गरेको संक्षिप्त कुराकानी ।

लामो समयसम्म काठमाण्डुमा सेवा गरी प्रादेशिक अस्पतालको जिम्मेवारी सम्हाल्नु भएको छ, यी दुबै ठाउँको व्यवस्थापनमा के भिन्नता देख्नुहुन्छ ?

–विगत १२ वर्ष भन्दाबढी नै वीर अस्पताल काठमाण्डुमा सेवाका क्रममा एम एस पनि वीर अस्पतालबाटै गरेँ । एमबीबीएस भने बंगलादेशबाट गरेको थिए । यो पेशामा आएको लगभग २० वर्ष प्लस भईसक्यो । मैले कहिल्यै पनि कुनै प्राईभेट प्राक्टिसमा जोड् दिएको छैन् । मेरो कुनै क्लिनिक पनि छैन् । सरकारकै संस्थाहरु जस्तै धुलिखेल अस्पतालमा पनि सेवा गरेँ । रंगेली अस्पतालको मेसू तथा रामेछापको पनि डीएचओ र मेसु भइ काम गरे । तौलिहवा तथा महराजगंजमा पनिे पीएचसीमा काम गरेँ । यसअघि ट्रमा सेन्टरमा पनि मेसु थिएँ । अहिले प्रादेशिक अस्पतालको मेसुको जिम्मेवारी सम्हाल्दै आएको छु । नेपालको धेरै ठाउँमा काम गरेको छुँ । र कामको क्रममा कतै पनि विवादमा परेको छैन चिकित्सकको लागि जुन सरकारी नम्स अनुसारको जुन दायित्व छ, त्यसै अनुरुप काम गर्दै आएको छु । र सबै ठाउँमा कार्यसम्पादनको क्रममा केही न केही परिवर्तन गरेको छु । परिवर्तनका लागि पुरानो कुरालाई बिर्सिनु पर्छ । नयाँ घर बनाउनु छ भने पुरानो घर भत्काउनु नै पर्छ ।

प्र. प्रादेशिक अस्पताल यहाँको धरोहर हो, यो धरोहरलाई सुधारका लागि के –कस्ता पहलहरु गर्नु भएको छ ?

– म यहाँ आएको १० महिना मात्रै भएको छ । आएदेखि अनुशासन, प्रशासनमा जुन बेथिति थियो । सबैलाई नियमन गरेर सुधार गर्दैछु । लगभग साढे तीन सय प्लस कर्मचारी छन् । कमसे कम सरकारको नियम अनुसार ६ देखि ७ घण्टा सबैलाई सेवा दिन लगाएका छौं । साप्ताहिक रुपमा ३६ देखि ४० घण्टा काम गर्छौँ । त्यो सबैलाई प्रणाली (सिस्टम)मा ल्याएर फेसियल हाजिरी पनि राखेका छौं । कोभिडको सेकेण्ड वेभको एकदमै टर्चर भएको बेलामा हामी कहाँ अक्सिजनको पनि अभाव भयो । तर, पनि अक्सिजनले गर्दा कोही पनि विरामी हामी कहाँ मरेको छैन् । कुनै पनि डिजास्टर अक्सिजनको कारणले भएको छैन् । जनकपुर अस्पतालमा गयो भने रेफर गरिदिन्छ भन्ने एक प्रकारको गलत प्रवृत्ति नै थियो । जुन कुरो कसैसंग लुकेको छैन् । त्यसलाई पनि रोक्ने प्रयास गर्दैछु । त्यो एउटा ठूलो चुनौतीको रुपमा रहेको छ । जबकी हामीसँग हरेक विभाग सुपर एश्पेस्लाईजेसन या उपकरणहरु पनि छैन् । कुनै अस्पताल संचालनको लागि तीन वटा कुरा महत्वपूर्ण छ । एउटा भौत्तिक संरचना, दोस्रो म्यानपावर र तेश्रो हो– उपकरण । यो भएपछि बल्ल हामीले अस्पताललाई राम्ररी संचालन गर्न सक्छौं । हामी कहाँ म्यानपावरको पनि कमी छ , भौतिक संरचना पनि पर्याप्त छैन् । पुरानो छ, त्यसबाट धेरै कुरा गर्नै सक्दैनौ । विगतमा यहाँ ल्याप्रोस्कोपी सर्जरी भईरहेको थिएन् , अहिले भइरहेको छ । ६५ वर्ष पुरानो अस्पताल हो । धेरै मेसुजीहरु पनि आउनुभो धेरै उपकरणहरु पनि आयो । धेरै डम्पिंगमा पनि गयो ।

प्र. कर्मचारीहरु समयमा आउँदैनन् भन्ने जनगुनासो छ नि ?

– म आउँदा अवस्था त्यस्तै थियो । फेसियल हाजिरीको व्यवस्था थिएन् रजिष्टरमै हुन्थ्यो अनि २० दिन सम्मको हाजिरी एकै दिन गर्ने केही कर्मचारीहरु पनि थिए । नभएको होइन् तर अहिले यो अवस्थामा पूर्णतः परिवर्तन आएको छ । डिजिटल हाजिरी लगाएपछि उहाँहरुको हाजिरी ९ बजे भित्र भइसक्नु पर्छ । र जानेबेला पनि । आउने जाने दुई चोटी हाजिरी गर्नै पर्छ । त्यस पछि छड्के टीम पनि राखेका छौं जसले ओपीडीमा गएर सबै हेर्ने गर्छन् चिकित्सक आएको नआएको लगायतका व्यवस्थापन र सेवाग्राहीहरुको समस्या पनि । हामीसंग प्रत्येक दिनको तथ्याँक उपलब्ध छ । त्यसपछि समय परिवर्तन गरे बिहान ९ बजेदेखि १ बजे सम्म एउटा ओपीडीको सिप्mट हुन्छ र १ र २ को बीचमा लन्च ब्रेक हुन्छ । २ देखि ३ सम्म प्mलोअप रोगीको जाँच हुन्छ । त्यस्तै ३ देखि ५ सम्म ईएचएस हो । यो लागू भईसक्या छ । आप्mनो समयमा डाक्टरसाहेबहरु ओपीडीमा हुन्छन । डाक्टरसाहेबहरुलाई सबैजनाले चिन्नु हुन्न नचिनेपछि अलिकति समस्या हुन्छ । उहाँहरु सबैलाई चिन्ने एउटा लोगो सहितको एप्रोन नेमप्लेट दिनेबारेमा हामी प्रोसेसमा छौं । आउने वित्तिक्कै सेवाग्राहीले चिनोस् । कि यो चिकित्सक हो, यो सिस्टर (नर्स) हो, यो कास हो । तीजको अवसर पारेर सिस्टर दिदीहरुलाई अस्पतालको लोगो भएको एप्रोन वितरण गरिसकेको छु । उहाँहरुलाई सेवाग्राहीले चिनोस् कि यो प्रादेशिक अस्पतालको सिस्टर हुनुहुन्छ ।

प्र. अस्पतालबारे अझै के भनिन्छ भने यो अस्पतालमा आम नागरिक भन्दा पनि पहुँचबालाले मात्रै सेवा पाएको छ ?

— हामी कहाँ दैनिक ५÷६ सय ओपीडी हुन्छ । भीड हुन्छ, ओटीको पनि केस न्यूनतम् २० वटा दैनिक हुन्छ अन्य सेवा पनि , सीएमसी छ । सबैले सेवा पाउन कोहीसंग पनि कुनै प्रकारको विभेद नहोस् भनेरै हामीले समाजिक सेवा शाखा पनि राखेका छौं । ए टु जेड समान दिन्छौं, जति सक्छौं । जुन गरिब असहाय आउँछ, उहाँहरुलाई सतप्रतिशत सम्म निःशुल्क सेवा दिएका छौं । मेरो विचारमा कसैले यदि अस्पतालबारे यस्तो कुरा गर्छन् कि यहाँ पहँुचबालाले मात्र सेवा पाउँछन् त्यो मिथ्या हो, निराधार भ्रम फैलाउने काम मात्रै हो । कुनै व्यक्ति विशेषलाई हाम्रो टीमले हुन सक्छ, क्याच गर्न सकेनन् होला । तर समग्रमा त्यस प्रकारको कुनै विभेद यहाँ छैन र म यसको घोर विरोधी पनि हुँ । कहिले पनि एउटा चिकित्सकले कुनै पनि विरामीसंग विभेद गर्नै सक्दैन यो त चिकित्सको नम्र्स विपरित पनि हो । बेसहारा अति विपन्न लगायत अन्य सबैलाई सेवा दिएका छौं ।

प्र. स्वास्थ्य सेवा संघसरकारको मातहतमा थियो । संघीयता आएपछि प्रदेशको मातहतमा आउँदा कतिको सहज भएको छ ?

– कुनै–कुनै बेला सहकार्य गर्न असजिलो हुन्छ । तर अझ राम्रो भएको छ , दुईटा अभिभावक जस्तो भएको छ र अस्पतालको विकास विस्तारको लागि यो राम्रै कुरा हो । हामी निरन्तर प्रयासरत छौं ।

करिब एक वर्ष हुन लागेको छ यहाँ मेसु भएर आएको अस्पतालमा के–के सुधार गर्नु भो र के–के सुधार गर्ने योजना छ ?

–मूख्यतः सर्जिकल फिल्ड, बिरामी रेफर नहोस्, ट्रमाको केस , हेडईन्ज्युरीहरु रेफर नहोस् । जुन हाम्रो ओटी छ , त्यो नियमित रुपमा संचालन गर्नुका साथै सिजेरिएन् सेक्सन मात्रै होइन कि अरु पनि जेनरल केसहरु जुन केस कहिले पनि भएको थिएन् अरगेन रिभर्टबला त्यो पनि गरेका छौं । युरोलोजीको सर्जरी पनि हामीले सुरु ग¥यौं । जो यहाँ भएको थिएन् । दुईटा हामीले प्रोसेक्टोमी गरिसक्यौं । त्यस्तै युएनटीआई पनि हामी उन्नति गर्दैछौं । क्यान्सरको हामीसंग ओपीडी थिएन, वार्ड थिएन त्यो पनि बनायौं । क्यान्सरको चिकित्सक पनि हामी राख्न गृहकार्य गरिरहेका छौं । एमआरआई मेसिन यहाँ थिएन् । एमआरआईको पनि एमसी गरिसकेका छौ । तीन चार महिना भित्र संचालनमा आउँछ । मोर्डलर ओटी पनि लगभग तयारी अवस्थामा छ , रेगुरल ओटी पनि । अक्सिजन प्लान्ट थिएन हामी कहाँ अहिले तीन वटा प्लान्ट छ । यस बाहेक हामीसंग फोहर फाल्ने कुनै पनि उपाय थिएन् । जनकपुरधाम उपमहानगरपालिकाबाट फालि दिदैन । हामीले आफै व्यवस्थापन गर्नु पर्ने हुन्छ त्यसको लागि एउटा पावर ट्रयाक्टर किन्यौ अर्को वेष्ट म्यानेजमेन्टको हामीले योजना बनाएका छौं । अझ सबभन्दा ब्यूटी के छ भने मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको छ । हामी प्रतिष्ठानसंग जोडियौं प्रतिष्ठानले हामीलाई अभिभावकको रुपमा डो¥याईरहेको छ । सबै शैक्षिक कार्यक्रम भएपछि क्वालिटी अफ सर्भिस हामीले दिनको लागि एकदम अगाडि बढ्छौं । त्यो एउटा ठूलो ब्यूटी छ । मैनपावर बढ्छ एकेडेमिक पनि बढ्छ स्तरोन्नति हुन्छ । बढी भन्दा बढी सेवा हामीले पु¥याउन सक्छौँ ।

प्र. रेफर अस्पतालको ट्याग नै लागेको थियो, यो ट् याग हटाई सक्नु भयो या अझै पनि बाँकी नै छ ?

– सतप्रतिशत त गर्न सकेको छैनौ । अस्ती नै एमआरआईको लागि एउटा रेफर भयो, तर मलाई लाग्छ अब ७०/८० प्रतिशत जति रेफर हुने क्रम रोकिएको छ । जुन ट्याग छ त्यो हटाउन केही समय लाग्छ । ६५ वर्ष पुरानो अस्पताल त्यो बेलाको सबै कुरा कर्मचारीहरु पनि पुरानो सोचको मानसिकताका छन् । सबैलाई बाटोमा ल्याउनु १०/२० जना होइन लगभग चार सय जनाको मास हामीसंग हुन्छ त्यसपछि बिद्यार्थीहरु छन्, अर्को तालिमहरु हुन्छ । सबै मिलाएर हामी पाँच/छ सय जनाको टर्नओभरमा दैनिक हुन्छौ । विरामी पनि त्यतिकै ओपीडीमा पाँच ६ सय सबै मिलाएर ५/६ हजार जनाको डेली ईन– आउट हुन्छ । त्यसैले यो ठूलो चुनौती हो । यो सानो कुरा होइन । शैय्याको संख्या पनि पहिलेकै अवस्थाको २ सय शैययाकै आधिकारिक छ । तर चार सय बेड संचालन गर्दै आएका छौ । हामी आशावादी छौं विस्तार सुधार हुँदैजाने हो । केन्द्रको सरकार र प्रदेश सरकारले हरेक कुरालाई माथि उकास्नु पर्छ र हामी माथि जान्छौं ।

आसन्न मेडिकल काउन्सिलको निर्वाचनमा तपाईले उम्मेदवारी दिनुभएको छ । तपाईलाई चिकित्सकहरुले किन मत दिने ?

–मैले किन उम्मेदवारी दिएको भने मुलुकभरका ३० हजार चिकित्सकहरुको यो संस्था हो नेपाल मेडिकल काउन्सिल । काउन्सिल भनेको बुद्धिजीविहरुको संस्था हो । एकै जनाले सिण्डिकेट लगाएर सधैं बसिराख्ने त्यो चाँही साथीहरुलाई मान्य भएन उहाँहरुले नै भनेर यस पटक जसरी पनि तपाई लड्नै पर्छ । चुनाव हुनु पर्छ । पहिला त यस्तो स्थिति थियो की चुनावै हुँदैन्थ्यो । पञ्चायती व्यवस्था गईसक्यो, त्यहि पारामा टिकाटालो लगायो त्यो प्रथाको अन्त्यको लागि मैले उम्मेदवारी दिएको हुँ । यहि कुरोहरु मेरो घोषणापत्रमा पनि उल्लेख छ । केही डेन्टलका साथीहरुको नाम आउँदैन् एनएमसी मात्रै भन्छौं नेपाल मेडिकल काउन्सिल तर, एनएमडीसी हुनुपर्छ जसमा डेन्टलका साथीहरु पनि समावेश हुन सकोस् । नेपाल मेडिकल एण्ड डेन्टल काउन्सिल हुनु प¥यो जसले उहाँहरुलाई पनि सम्बोधन गर्न सकोस् । त्यसपछि चिकित्सकहरुको स्मार्ट डिजिटलाईजेशन र काउन्सिलले गराउनु पर्ने डकुमेन्टहरु अटोमेटिक हुनुपर्छ । सातै प्रदेशमा यो लागू गर्नुपर्छ । काठमाण्डुमै मात्र किन देश अब संघीयतामा गईसक्यो । त्यहि भएर सात वटै प्रदेशमा काउन्सिलको शाखा हुनु प¥यो । जस्तो हामी मोबाईल बनाउँछौ युजर्स फ्रेण्डली त्यस्तै एनएमसी पनि हुनु पर्छ चिकित्सक फ्रेण्डली । चिकित्सकलाई अनावश्यक तनाव नदिने कसैको लाईसेन्सै खारेज गरिदिने कुराहरुमा एकदमै गंभिर भएर अगाडि बढ्नुपर्छ । त्यो बाहेक सीडीपीको जुन एउटा कुरा छ त्यसलाई वैज्ञानिक ढंगले गर्ने कि डाक्टरहरुको सिधै लाईसेन्सै खारेज गर्ने ? लाईसेन्सै खारेज नहोस् , त्यसको आर्थिक भारको कुरा छ । अनावश्यक टर्चर नहोस् । सबैले औषधि लेखिदिन्छ सबैजना डाक्टर भन्ने त हुँदैन् । त्यसैले जो अथोराईज्ड छ उसले मात्रै लेख्न पाउँछ । चिकित्सकले नर्सिंग होम खोल्नु भएछ, क्लिनिक संचालन गर्नुभएछ । उहाँको त्यहाँ अधिकार हुँदैन कि औषधि राख्ने । लेख्ने चिकित्सकले हो यसको रिक्स सारा बोक्ने चिकित्सकले हो । तर त्यसको अधिकार छैन कि उसले पनि औषधि पनि राख्न पाओस् । आखिर चिकित्सक भनेको त औषधिको पनि ठुलो स्टेक होल्डर हो । त्यो अधिकार उसलाई पनि दिनु पर्छ । सरकारले त्यसलाई सीमामा राखेर गर्नुपर्छ । तर औषधि बेच्ने अधिकार पनि दिनुपर्छ । संवेदनशील औषधि र आकस्मिक ड्रगहरु राख्न पाओस् भन्ने अधिकार चिकित्कसहरुलाई दिनै पर्छ । आप्mनो क्लिनिकमा आप्mनो संस्थामा जसको क्लिनिक संस्था छैन् उसलाई आवश्यक पनि छैन् । आप्mनै संस्था छ उसले औषधि राख्न पाउँदैन्, यसमा पनि विचार गर्नुपर्छ । लोकसेवामा चिकित्सकको दरबन्दी धेरै कम आउँछ । कमसेकम घटिमा जति पनि लोकसेवा निस्किन्छ, त्यसमा १० प्रतिशत मेडिकल तर्फको हुनु पर्छ । अझ बढि हुनु प¥यो । चिकित्सकहरुको उत्पादन धेरै छ । नेपालमा यो विगत १० वर्षमा त धेरै आयो, हामी पहिला–पहिला थोरै हुन्थ्यौ । एउटा संस्थामा एउटा चिकित्सक लागू भयो भने त्यो झन राम्रो । सरकारले पनि डाक्टरलाई सुरक्षा दिन सक्नुपर्छ । एउटा चिकित्सकले ३० हजार पाउँछ ३० हजारमा आफै खान्छ कि परिवार पाल्छ कि अन्य मेन्टेनेन्स गर्छ । ३० हजार भनेको एक दिनमा एक हजार हो । जुनकी गाडीमा पेट्रोल हाल्न पनि पर्याप्त हुँदैन्। डाक्टर संग धेरै अन्याय भईरहेको छ । डाक्टरलाई त सुरुमै सेकेण्ड क्लासको नियुक्ति दिनुपर्छ । उसको तलब डबल हुनुपर्छ यसमा हामीले पहल गर्नुपर्छ । हुन त यो अधिकार एनएमसीको होइन् तर एनएमसीको मार्फत हामीले नेपाल सरकारलाई सुझाव दिएर अर्थ मन्त्रालय र कानुन मन्त्रालयलाई दावाव दिएर भएपनि आवाज उठाउनु पर्छ । बल्ल डाक्टर बुभ्mछ कि यो मेरो पनि जिम्मेवारी हो सरकारले मलाई उचित तलब दिएको छ । जस्तँै भारत, बंगलादेश ,पाकिस्तानमा चिकित्सकहरुको प्रारम्भिक तलब नै ८० हजारमाथि छ । नेपालमा भन्नलाई डाक्टर र काम गराउने तल्लो स्तरको कर्मचारी सरह । त्यो त भएन, उसको त आप्mनो ईज्जत छ त्यो सम्मान दिनुपर्छ । जस्तोकी अरु मन्त्रालयको म नाम लिन चाहन्न तर त्यहाँको ईन्सेन्टीभ डाक्टरको भन्दा दोब्बर तेब्बर छ । यसमा व्यापक सुधारको खाँचो छ ।

प्र. अस्पताल व्यवस्थापन समितिसंग कतिको सहयोग पाउनु भएको छ ?

– समिति त हाम्रो भित्रकै भइहाल्यो, उहाँहरुले त गरिहाल्नु हुन्छ । बाहिरको पनि नागरिक समाजले सहयोग गर्दै आउनु भएको छ । त्यसैले मैले उहाँहरुलाई पनि धेरै धन्यवाद दिन्छु । उहाँहरु पनि बीच–बीचमा फिडब्याक दिइराख्नु भएको छ ।

प्रदेश २ को स्वास्थ्यको अवस्था अत्यन्त नाजुक देखिएको छ त्यसमा सुधार गर्न के गर्नु पर्ने आवश्यकता देख्नु भएको छ ?

– प्रदेश २ र प्रदेश ३ मा मात्रै तुलना गरौँ । दुईटै प्रदेशमा एक लाख जति जनसंख्याको मात्रै फरक छ तर स्वास्थ्य क्षेत्रमा मैनपावरको जमिन आसमानको फरक छ । त्यहाँ प्रदेश ३ मा जति ईन्स्टीच्युट छ, जति स्रोत–साधन छ, त्यसको १० प्रतिशत पनि प्रदेश २ मा छैन् । तर जनसंख्याको भार त्यतिकै छ । लिमिटेड भौतिक संरचनामा सर्भिस पु¥याउनु पर्छ । जुन खाड्ल छ त्यसलाई समान बनाएर जानुपर्छ प्रदेश र केन्द्र सरकारले । अर्को त्यो बाहेक अहिले जति पनि स्रोत साधन छ त्यसैलाई पनि हामीले अनुशासनमा रहेर बुझेर आत्मसात गरी अगाडि बढ्यौ भने पक्कै सुधार हुँदैजान्छ ।

प्र. अहिले कस्तो सेवा दिई राख्नु भएको छ ?

– प्रादेशिक अस्पतालमा क्षमता अनुसारको स्तरीय सेवा दिईरहेका छौं । त्यसैले यस क्षेत्रका व्यक्ति अन्यत्र जानु भएन् । उपचारको लागि सकेसम्म सरकारी अस्पतालमै आउनु पर्छ ल्याबदेखि लिएर हामीकहाँ दक्ष चिकित्सक, राम्रो–राम्रो ठाँउबाट पढेर आएका क्वालिफाईड चिकित्सकहरु छन् । नम्बर १ चिकित्सकहरु छन् । त्यहि भएर यहिँ आउनु पर्छ । अलिकति समय लाग्छ ,केही कुरोमा जुन कमीकमजोरी छ । त्यो पनि छिट्टै समाधान हुँदैजानेछ भन्ने मेरो विश्वास छ । हामी स्वास्थ्य वीमा, टोकन सिष्टम लगायतको योजनाको लागि तैयारी अवस्थामा छौं । त्यसैले जनकपुरधाम मात्र होइन प्रदेशकै सेवाग्राहीहरु यहाँ पुग्न सक्नु पर्छ भन्ने आग्रह छ ।

Comment


Related News

Latest News

Trending News