अपडेट 
२०७८ कार्तिक १५, सोमबार ०८:०८

शान्तिको निम्ति दुई पत्रकारलाई नोबेल सम्मान हासिल हुनु स्वागतयोग र अनुकरणीय हो । वर्तमान अवस्थामा, जतिबेला अभिव्यक्ति माथि संकटको कालो बादल अलि बढी नै मंडारिई रहेको अवस्था छ, त्यस्तोमा पत्रकारहरुलाई सम्मान साचिकै पत्रकारिताकै सम्मान हो । फिलिपिन्सकी पत्रकार मारिया रसा र रुसका पत्रकार दिमित्री मुराटोभलाई २०२१ को नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको छ । पत्रकारिकताको निम्ति यो यस्तो सफलता हो, जसबाट मिडियाको समग्र गुणस्तरमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ ।

मारिया रसा र दिमित्री मुराटोभलाई अभिव्यक्तिको स्वतन्त्राको रक्षा र तिनका प्रयासको निम्ति यदि सम्मानित गरिदैछ, भने यसबाट विश्वमै लोकतन्त्र र स्थायी शान्तिको निम्ति पनि उर्जा प्राप्त हुनेछ । जुन देशमा जति बढी प्रेस स्वतन्त्रला हुने गर्दछ त्यहाँको लोकतन्त्र त्यति नै बढी बलियो हुने गर्दछ । नोबेल समितिका अध्यक्ष बेरिट– रीड एण्डरसनले स्वतन्त्र र तथ्यमा आधारित पत्रकारिताले सत्ताको दुरुपयोग, झुठोपना र युद्धको दुष्प्रचारबाट जोगाउने काम गर्दछ, भनेका छन् उनको विचारमा अभिव्यक्तिको स्वतन्त्रा र प्रेसको स्वतन्त्रता बिना राष्ट्रहरुबीच भातृत्व पूर्ण सफलतापूर्वक सम्बन्ध विस्तार गर्न, निशस्त्रीकरण र सफल हुनको निम्ति एउटा राम्रो विश्व व्यवस्थालाई बढावा दिन कठिन हुनेछ । नोबेल पुरस्कारसंगै एक स्वर्ण पदक र एक करोड स्वीडिस का्रेनर (११.४ लाख डलर) भन्दा बढी रकम प्रदान गर्ने गरिन्छ । मारिया रसा आफनो मुल देश फिलिपिन्समा सत्ताको दुरुपयोग, हिंसाको उपयोग र बढदो तानाशाहीलाई उजागर गर्नको निम्ति अभिव्यक्तिको स्वतन्त्रताको उपयोग गर्दै आएकी छिन् । उनले सन.् २०१२ मा खोजी पत्रकारिताको निम्ति एउटा डिजिटल मिडिया कम्पनीको सह स्थापना गरिन् र आफनो देशमा विवादास्पद ड्रग कारोबारको विरुद्धमा अभियान चलाउनमा आफनो ध्यान केन्द्रित गरिन्, जसबाट हजारौ मानिसको ज्यान जोगाउनमा सफलता हासिल भयो । झुठो सामाचारको विरुद्धमा पनि रसा मारियाले गरेकी काम तिर पनि विश्व जगतको ध्यान जानु आवश्यक छ । अर्कोतिर रुसी पत्रकार दिमित्री आन्द्रेयेविच मुराटोभले नोवाटा गजेटा नामक सामाचार पत्रको स्थापना गरेका थिए जुनकी वर्तमान समयमा रुसको सबै भन्दा स्वतन्त्र सामाचार माध्यम हो । नोबेल समितिले यसको निकै प्रशंसा गरेको छ ।

मुराटोभले आफनो देशमा तीब्र गतिमा बदलिदो प्रतिकुल अवस्थामा पनि अभिव्यक्तिको स्वतन्त्रतालाई जोगाई राख्नमा उल्लेखनिय भुमिका निर्वाह गरेका थिए । उनको रसियाली सामाचार पत्रले भ्रष्टाचार, सत्ताको दुरुपयोग चुनावी अनियमितता र षड्यन्त्र तथा ट्रोल अभियान माथि प्रश्न उठाउदै कारगर पत्रकारितालाई निश्कर्षसम्म पु¥याउने काम गर्दै रहयो । खास कुरा त, नोवाजा गजेटाका पत्रकारहरुले विभिन्न तरिकाले उत्पीडनको सामना पनि गर्नु प¥यो । धमकी तथा हिंसाको सामना त्यसका संवादाताहरुका निम्ति सामान्य विषय भइसकेको थियो । यस सामाचार पत्रले सत्य सुचना सम्प्रेष्ण गर्ने पुनित कार्यमा आफना आधा दर्जन पत्रकार साथीलाई पनि गुमाउनु प¥यो, जसमध्ये ती अन्ना पोलितकोबजसकाजा पनि सामिल छन् , जसले चेचन्या युद्धलाई आफनो लेखनी मार्फत नङ्गयाउने काम गरेका थिए । नोबेल समितिले अखवारका संपादक मुराटोभलाई पुरस्कारको निम्ति छनौट गरेर निकै राम्रो काम गरेको छ किनभने व्यापक दबाबका बाबजुद उने अखवारको स्वतन्त्र नीतिलाई परित्याग गर्ने विषयमा कुनै सम्झौता गरेनन् । आजको वर्तमान युगमा जति बेला विश्वमा अधुरो सुचना र झुठो सामाचारको बाढी नै आएको छ । यस्तोमा वास्तविक टापुको पहिचान गर्नु आवश्यक भएको छ । असल पत्रकारिता कुनै पनि शान्ति भन्दा कम हुदैन । हाल जुन व्यक्ति पत्रकारिताको उपयोग द्धेष र साम्प्रदायिकता बढाउनका लागि गरिरहेका छन् तिनको निम्ति पनि यस नोबेल सम्मानमा विशेष सन्देश अन्तर निहित रहेको छ । राम्रो विश्वको निम्ति इमान्दार पत्रकारिता पनि चाहिन्छ । हाल हाम्रो पत्रकारितालाई रेखाङ्गित र सम्मानीत गरिनु आवश्यक छ , नोबेल सम्मानबाट थप त्यस्ता नयाँ पत्रकारहरुको उर्जा बद्र्धन हुनेछ । जो साँचो र न्यायपूर्ण पत्रकारिता प्रति समर्पित छन् । समितिले पनि ठिकै भनेको छ कि स्वतन्त्र र तथ्य आधारित पत्रकारिता सत्ताको दुरुपयोग झुठो र युद्धको वातावरणबाट समेत बचाउनमा सहयोग गर्दछ । वर्तमान परिस्थितिमा आम नागरिकको यो कर्तव्य हुन जान्छ कि तिनीहरुको साँचो पत्रकारिताको पक्षमा डटेर उभिउन, पत्रकारिता सधैं नै जोखिमपूर्ण र चुनौतीले भरिएको हुन्छ ।

प्राय ः पत्रकारहरुलाई कुनै पनि देशको शासन सत्तासित आमना सामना गरिरहनु पर्दछ । लोकतान्त्रिक देशहरुमा यस्तो अवस्था अपेक्षाकृत कम रहे पनि निर्दलीय शासन व्यवस्था अथवा तानाशाही भएको देशमा त यस्तो चुनौती निकै बढी हुने गर्दछ । पत्रकारिकतालाई राज्यको चौथो अंग मान्छि । राज्यको चौथो मानिएको कारण यसको भूमिका र दायित्व पनि महत्ती नै हुने गर्दछ । स्वतन्त्र, निश्पक्ष एवं मर्यादित पत्रकारिताले स्वथ्य जनमतको निर्माण गर्ने गर्दछ । स्वथ्य जनमतबाट नै सच्चा लोकतन्त्रको निर्माण हुने गर्दछ । पत्रकारिता भनेको राज्यको तीनवटै अंगबाट समेत न्याय पाउन नसकिरहकाहरुको पक्षमा खुलेर लेखिदिनु, बोलिदिनु, पढीदिनु र टेलिभिजनमार्फत प्रशारण गराई दिनु हो । स्वतन्त्र निश्पक्ष एवं इमान्दारीताको पत्रकारिता सधै नै जोखिमपूर्ण हुने गर्दछ । सत्य कुरा पचाउन प्राय ः गाह्रो नै हुने गर्दछ । तसर्थ राज्य पक्षको विपक्षमा पत्रकारहरु सधै नै उभिरहने बाध्यता एकातिर हुन्छ भने अर्कोतिर समाजमा भय एवं त्रास उत्पन्न गरि आफनो मन परी तन्त्र संचालन गरिरहेकाहरुको समेत आक्रोसको सिकार भइरहनु पर्दछ । दक्षिण एसियाकै अफगनिस्तानमा अहिले धर्मान्ध तालिवानहरुको सरकार अस्तित्वमा छ । तालिवानहरुको बारेमा सामाचार लेखेकै भरमा अनेकौ पत्रकारले ज्यान गुमाउने अवस्था उत्पन्न भएको देखियो । नेपालमा माओवादीको एक दशक लामो सशक्त संघर्षका दौरान माओवादी र राज्यपक्षबाट पनि पत्रकार मारिएका थिए । माओवादीहरुको उत्पीडन बढी थियो । केही अघि मात्रै राजधानी काठमाडौंमा बरिष्ठ पत्रकार बलराम बानिया खोला किनारामा मृत अवस्थामा फेला परेका थिए । यस घटनाको छानबीन पनि जारी छ । लोकतान्त्रिक गणतन्त्रमा पत्रकार माथि दबाब, धाक धम्की र उत्पीडन जस्ता घटनालाई निन्दनीय नै मान्नु पर्दछ । नेपालमा पत्रकारिता जगतले ठूलो फड्को मारेको छ । सरकारी संचार माध्यमका अत्तिरिक्त निजी क्षेत्रमा पनि अनेकौ दैनिक सामाचार पत्रहरु, टेलिभिजनह चैनलहरु र अनलाइन मिडियाहरु निकै संख्यामा संचालनमा छन् ।

जनताले पनि मिडियालाई सहयोग गरिरहेका छन् । नेपालको पत्रकारिताले पनि आफनो कर्तव्य एवं धर्मको इमान्दारीपूर्वक निर्वाह गरी विश्वजगतमा चर्चामा आउने छ । एक दिन कुनै नेपाली पत्रकारले पनि शान्तिको निम्ति नोबेल पुरस्कार पाउने अपेक्षा गर्न गरिन्छ । फिलिपिन्सका मारिया रसा रुसका दिमित्री मुराटोभ बधाईका पात्र हुन । आ–आफनो देशको शासन सत्ताको विरोधमा र समाजमा धन र बलको आधारमा बर्जस्व कायम गर्न खोजेकाहरुको बिरुद्धमा अभियान चलाएर नै उनीहरुको यस उच्च सम्मानको योग्य मानिएका छन् । त्याग, सर्मपण र इमान्दारिताको पर्याय बनेका पत्रकारद्धयको संघर्षगाथा अनुकरणीय र प्रशंसनीय छ ।

Comment


Related News

Latest News

Trending News