२०७८ कार्तिक १५, सोमबार १२:०९
सर्वोच्च अदालतका न्यायाधीशहरुले आज पनि मुद्दा नहेर्ने अडान लिएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजिनामाको माग गर्दै आन्दोलनरत सर्वोच्चका न्यायाधीशहरुले आज पनि मुद्दा नहेर्ने भएका हुन् । न्यायाधीशहरु प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमनकै पक्षमा रहेको निष्कर्षमा पुगेका छन् ।
न्यायाधीशहरु आइतबार पनि इजलासमा बसेका थिएनन् ।

