अपडेट 
२०७८ कार्तिक १५, सोमबार १९:०६

नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्ट्रिभिटी र टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन्स प्रा लि ले आफ्नो सेवा विस्तार गर्ने कममा अब जनकपुरधाम र वदिवासमा एकसाथ सेवा सूचारु गरेको छ । यो सेवा विस्तारसंगै कम्पनी अब देशका २४ शहरहरुमा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न सक्षम भएको छ ।

भायानेटले ग्राहकहरुका लागि विभिन्न प्रकारका योजनाहरु पनि समय समयमा सचालन गर्दै आएको छ । त्यस्तो योजनाबाट ग्राहकहरु लाभान्वीत हन सक्न हुनेछ र कम लागतमै गणस्तरीय इन्टरनेटको सेवाको आनन्द उठाउन सक्नु हुनेछ । यसै सन्दर्भमा जनकपुरधाम र बर्दिवासमा सेवा विस्तार भएको खुशीयाली बांडन संस्थाले १ वर्ष सव्सक्रिप्सन गर्ने ग्राहकहरुलाई ४ महिना तथा ३ महिना सव्सक्रिप्सन गर्ने ग्राहकहरुलाई २ महिना निस्शुल्क इन्टरनेट सेवा प्रदान गर्ने र पहिलो १०० जना वार्षिक ग्राहकहरुलाई ४८ जिबी मोवाइल डाटा जगेडा भएको एनसेलको सिम कार्ड सित्तैमा प्रदान गर्ने योजना अघि सारेको छ । जनकपुरधाममा भायानेटको शुभारम्भ कार्यक्रममा प्रदेश नं २ का आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहले घर घरमा इन्टरनेटको पहुचसंगै नेपाल पनि डिजिटल युगमा प्रवेस गरेको वताए । उनले इन्टरनेटले विश्वलाई चिन्न नजिक वनाएपनि मानीस मानीसमा दुरी पनि वढाएको वताउदै इन्टरनेटबाट प्रविधिको सहयोग लिनुको संगै आफनो संस्कृति र संस्कारलाई पनि जिवित राख्नु आवश्यकता रहेको वताए । उनले प्रदेश २ मा संचार सम्वन्धि सम्पुर्ण सेवामा कानुनीरुपमा सहयोग गर्न पुर्ण प्रतिवद्ध रहेको वताए ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वार्ड नं ७ का अध्यक्ष जानकी राम साहले बढदो प्रविधीको विकास संगै जनकपुरधामलाई पनि विश्वसामु चिनाउनका लागि इन्टरनेट पनि महत्वपुर्ण रहेकोले आफनो वार्डमा कार्यालय स्थापनाका लागि धन्यवाद दिदै उनले गुणस्तरिय र सस्तो इन्टरनेटको व्यवस्था गर्न उनले आग्रह गरे ।

भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिकल इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवा पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइएसओ प्रामाणिक कम्पनी पनि हो । भायनेटले आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय गुणवत्ताको सेवा प्रदान गन विश्वका प्रमुख बराण्डहरु नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री ब्राण्डहरुसग सहकार्य गरेर देशभर पछिल्लो अत्याधनिक प्रविधिको बरोडव्याण्ड सेवा विस्तार गर्ने उद्देश्य राखेको छ ।

जनकपुरधाम र वर्दिवासमा इन्टरनेट सेवा विस्तारका सम्बन्धमा जानकारी दिदै कम्पनीका सिइओं सेवा पाठकले ग्राहकलाई उच्चकोटीक एवम तिव्र गति क्षमताको इन्टरनेट सेवाको आनन्द प्रदान गर्न दत्तचित रहेको वताउदै यसका लागि हाम्रा प्राविधिकहरु हर हमेसा त्यही लक्ष्यमा सम्पित भएर कार्य सम्पादन गरिरहेको वताए । उनले भने, मलाई विश्वास छ, जनकपुरधाम र बर्दिवासका ग्राहकहरुले अब बिना कनै व्यवधान इन्टरनेट सेवा प्राप्त गरेर आफूहरुलाई सारा विश्वसंग जोड्न सफल हुनु हुनेछ ।

जनकपुरधाममा भायानेटको कार्यालयको उदघाटन आन्तरिक मामिला तथा संचार मन्त्री भरत साहले गरेका थिए ।

Comment


Related News

Latest News

Trending News