२०७८ कार्तिक १६, मंगलवार १७:१९

मुख्य मन्त्री लालबावु राउत ले रौतहट जिल्लाको वौद्धिमाई नपामा एकै दिन ४ वटा योजना को शिलान्यास गर्नु भएको छ ।

प्रदेश सरकार को लगानी मा निर्माण हुने योजना हरु को शिलान्यास को लागि रौतहट पुग्नु भएको मुख्यमन्त्री लालबाबु राउतले हिन्दु परम्परा अनुसार शिलान्यास गर्नु भएको हो । शिलान्यास गरिएको योजनाहरुमा वौद्धिमाई नपा र मौलापुर जोडने मुख्य सडकको श्री अज्गैवी स्थित पुल, प्रदेश सरकार द्वारा प्रत्येक निर्वाचन क्षेत्रमा निर्माण हुने पाँच किलो मिटर पक्की सडक निर्माण अन्तर्गत बौद्धिमाई नपा ५ गण्डक नहर देखी ग्वाली चौक हुँदै इनर्बा मटिअर्वा सम्मको सडक खण्ड , वौद्धिमाई नपा-४ इनरवारीस्थित शंकर स्थान पोखरी को सौन्दर्यकरण र इनरवारी मै धर्मशाला निर्माण रहेको छ ।

उक्त कार्यक्रम मा प्रदेश सभा सदस्य राम किशोर यादव अबुल कलाम आजाद फुलवाबु, जसपा जिल्ला अध्यक्ष एव देवाही गोनही नपा प्रमुख धर्मेन्द्र पटेल, बौद्धिमाई नपा प्रमुख राजु यादव सहित को सहभागिता रहेका थियो ।

Comment


Related News

Latest News

Trending News