अपडेट 
२०७८ कार्तिक १७, बुधबार ०७:२८

=गौर । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने केपी ओलीको सपना चकनाचूर भएको बताएका छन् ।

रौतहटको सदरमुकाम गौरमा दीपावली तथा छठ पर्वको अवसरमा आयोजित कार्यक्रममा उनले व्यक्तिवादी, निरंकुशता प्रवृति देखाउन खोज्दा ओलीको सपना चकनाचूर भएको बताए । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी रौतहटले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै हिम्मत भए अगाडी बढेर देखाउन चुनौती दिए । माधव नेपाललाई एमालेबाट आउट भएको भन्ने ओली आज देशबाटै आउट भएको टिप्पणी गरे । प्रतिनिधि सभा विघटन गर्ने कुचेष्टा गरेका ओली प्रवृतिलाई लोकतन्त्रको पक्षमा भएका ५ दलीय गठबन्धनले जोगाएर संविधानको रक्षा गरेको उल्लेख गरे । पूर्व प्रधानमन्त्री नेपालले कम्युनिष्ट पार्टीलाई बनाउने कार्यमा ओलीको शुन्य भूमिका रहेको जिकिर गर्दै स्वर्गीय मदन भण्डारी, बरिष्ठ नेता झलनाथ खनाल र आफ्नो योगदान भएको दावी गरे । नेता नेपालले संघीय सरकार र ७ वटै प्रदेश सरकारमा ओली प्रवृतिको अन्त्य भएको उदाहरण दिदै जनताको भावना सित खेलवाड गर्ने ओली एक नम्बरको गफाडी रहेको टिप्पणी गरे । संविधानको रक्षा गर्ने सर्वोच्च अदालतको प्रधानन्यायाधीश प्रति ओलीको टिप्पणी गलत भएको भन्दै सर्वोच्चले संविधान लोकतन्त्रको रक्षा गरेकोले सम्मान गर्नु पर्ने सुझाव दिए । नेपाली जनताको सेवा गर्नुको साटो पूर्व सरकारले देशमा भ्रष्टाचार, अनियमितता, हत्या हिँसाको अपराधीको संरक्षण गर्ने कार्य गरेको उनले आरोप लगाए । माधव नेपालको नामबाट डराउने एमाले अध्यक्ष ओलीको पतन हुने निश्चित भएको दावी गरे ।

बागमती प्रदेश, १ नम्बर प्रदेश र ७ नम्बर प्रदेशमा एकीकृत समाजवादीको वर्चश्व भएको भन्दै प्रदेश २ मा तेश्रो पार्टीको रुपमा एकीकृत समाजवादी रहेको ठोकुवा गरे । संघीय सरकारमा सहभागी भएका दलहरुको गठबन्धनले मुलुकमा विकास र समृद्धि ल्याउने विश्वास व्यक्त गर्दै अवको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी ठूलो पार्टी हुने बताए । नेपाली जनताको हकहितमा काम गर्ने उदेश्यले अघि बढ्ने बताउदै शिक्षा, स्वास्थ्य विकास गर्नुको विकल्प नरहेको जिकिर गरे । अध्यक्ष नेपालले देशमा सुशासन कायम गर्न पारदर्शिता, सहभागिताको मूल मर्म मान्यतालाई आत्मसात गर्दै अघि बढ्नुपर्ने बताए । गाउँ गाउँमा गएर जनताको पीर मर्का बुझेर समाधान गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिए । जिल्ला अध्यक्ष कमल यादवको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रीय सचिव नागेन्द्र चौधरी , पोलिटव्युरो सदस्य एवं पुर्व सभासद राम कुमार भट्टराई , पूर्व राजदूत डा. बंशीधर मिश्र, प्रतिनिधि सभा सदस्य सरला यादव, समिना हुसैन, प्रदेशसभा सदस्य हसिमा खातुन, बेची लुन्गेली लगायतका वक्ताहरुले आ आफ्नो धारणा राखेका थिए ।

Comment


Related News

Latest News

Trending News