२०७८ कार्तिक १७, बुधबार ०७:४४

जनकपुरधाम । सामाजिक विकास मन्त्री नवल किशोर साहले प्रदेश २ को स्वास्थ्य क्षेत्र सुधारोन्मुख रहेको दावी गरेका छन् ।

शिक्षा तालिम केन्द्र बाराद्वारा संचालित ३० दिने सेवाकालीन तालिमको मंगलबार समापन गर्दै मन्त्री साहले स्वास्थ्यसँगै शिक्षा क्षेत्रलाई पनि प्रदेश सरकारले प्राथमिकतामा राखेर अघि बढिरहेको बताए । तालिममा रा.प.अनंकित प्रथम श्रेणी शिक्षा समूहका प्राबिधिक सहायकहरुको सहभागिता रहेको थियो । मन्त्री साहले प्रदेश २ ले स्वास्थ्यका धेरै सूचकहरुमा सुधार आएको र त्यही अनुरुप प्रदेश २ ले सातै प्रदेशमा उत्कृष्टता हासिल गरेको दावी गरे । यसका साथै शिक्षामा पनि सुधार ल्याउन प्रदेश प्राबिधिक तथा कृषि विश्वविद्यालय छिटै नै संचालन हुने मन्त्री साहले बताए ।

Comment


Related News

Latest News

Trending News