अपडेट 
२०७८ कार्तिक १७, बुधबार ०९:३३

पाकिस्तान आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ।

गयराति भएको खेलमा पाकिस्तानले नामिबियालाई ४५ रनले पाखा लगाउँदै सेमिफाइनलको यात्रा तय गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा मात्र २ विकेट गुमाएर १८९ रन बनाएको थियो। जबाफी ब्याटिङमा उत्रिएको नामिबियाले भने २० ओभरमा ५ विकेट गुमाउँदै १४४ रन मात्रै बनाउन सक्यो।

नामिबियाका लागि डेभिड विजाले अविजित रहँदै सर्वाधिक ४३ रन बनाए । क्रेग विलियम्सले ४० रन जोडे । पाकिस्तानका हसन अली, इमाद वासिम, हारिस राउफ र शदाब खानले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले कप्तान आबर अजाम र विकेटकिपर मोहम्मद रिजवानको अर्धशतक मद्दतमा दुई विकेट गुमाएर १८९ रन बनाएको थियो । रिजवानले ५० बल खेल्दै ८ चौका र ४ छक्का मद्दतमा अविजित ७९ रन बनाए । यस्तै बाबरले ४९ बल खेल्दै ७ चौका मद्दतमा ७० रन जोडे ।

पहिलो विकेटका लागि यी दुईले ११३ रनको साझेदारी गरेका थिए । यस्तै मोहम्मद हाफिजले १६ बल खेल्दै ५ चौका मद्दतमा अविजित ३२ रन जोडे । नामिबियाका डेभिड विजा र जान फ्राइलिंकले समान एकएक विकेट लिए । जितसँगै पाकिस्तान एक खेल अगावै अन्तिम चारमा पुगेको हो । पाकिस्तानले यसअघि भारत, न्युजिल्याण्ड र अफगानिस्तानलाई पराजित गरेको थियो । पाकिस्तान ४ जितपछि ८ अंक जोडेर शीर्ष स्थानमा छ । पाकिस्तानले अब सुपर १२ मा स्कटल्याण्डसँग खेल्न बाँकी छ । सुपर १२ मा नामिबियाको यो दोस्रो हार हो ।

Comment


Related News

Latest News

Trending News