अपडेट 
२०७८ कार्तिक १७, बुधबार १५:२०

बुधबार सुन तथा चाँदीको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुनको प्रतितोला मूल्य ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँ सस्तो भएको छ ।

मंगलबार ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९१ हजार ५०० रुपैयाँ तोकिएको छ । आज तेजाव सुनको मूल्य ९१ हजार रुपैयाँ छ । यस्तै चाँदीको प्रतितोला कारोबार मूल्य आज एक हजार २२५ रुपैयाँ तोकिएको छ । मंगलबार एक हजार २५० रुपैयाँ तोलामा चाँदीको कारोबार भएको थियो ।

Comment


Related News

Latest News

Trending News