२०७८ कार्तिक १८, बिहीबार ०७:२३

जनकपुरधाम । जनकपुरधाम उप– महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खडका विगत चार महिना देखि गायव भएको छ ।

कार्यालयमा उपस्थित नभई उनी कहिले हरिवन त कहिले काठमाण्डुमानै आफ्नो अधिकांश समय विताउने गरेका छन् । कार्यालय प्रमुख भएर कार्यालयमा उपस्थित नभई अधिकांश समय बाहिर बाहिर बस्ने गरेका कारण जनकपुरधामको विकास निर्माण देखि लिएर सवै कार्य ठप्प परेका छन् । उनी कुन दिन कार्यालयमा आउने गरेका छन् वा छैन् त्यसको जानकारी भने कार्यालयमा कसैलाई हुँदैन् । कार्यालय प्रमुख नरहेका कारण यहाँ सरसफाई कर्मचारी देखि लिएर अन्य कर्मचारीहरुमा समेत यसको प्रभाव परेको छ । सरसफाई कर्मचारीहरु दिनरात खट्ने गरेका छन् तर त्यसको हरहिसाव गर्ने भने कोहि छैन् । हरिवन निवासी प्रमुख प्रसाकीय अधिकृत खडकाका कारण बिनियोजन भएका बजेट पनि कार्यान्वयनमा आउन सकेका छैनन् । उप–महानगरलाईनै धरापमा पारेर उनी अहिले काठमाण्डुमा बसोबास गर्दै आएका छन् ।

नेपाली काँग्रेस सरकारको नेतृत्व गरेपछि उनी आफ्नो प्रोमोसनकोलागि काठमाण्डु गएको कार्यालयका एक कर्मचारीले जानकारी दिएका छन् । यता, दर्श, दीपावली तथा छठ पर्वमा हुने गरेको सरसफाई समेत उनका कारण प्रभावित भएका छन् । कर्मचारीहरु अहोरात्र खट्ने तर उनले पाउने सेवा सुविधा भने कसले दिने भन्दै कर्मचारीहरु समेत अटेर गरि रहेका छन् ।

Comment


Related News

Latest News

Trending News