कलैया । संविधानसभाका सदस्य रामअयोध्या प्रसाद यादवले कांग्रेसको महाअधिवेशन एकताको अधिवेशन हुनुपर्नेमा जोड दिएका छन ।
बाराको कलैयामा बुधबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता यादवले पार्टीका नेता तथा कार्यकर्ताहरुमा निराशा आउन नदिन यसै महाधिवेशनलाई एकताको महाधिबेश बनाउन आग्रह गरे । नेता यादवले देश विकासमा युवाहरुको ठूलो र महत्वपूर्ण भूमिका रहेकाले महाअधिवेशमा बढी भन्दा बढी युवालाई जिम्मेवारी दिनुपर्ने माग गरे । गुट–उपगुटको कारण ्कांग्रेस दिनानुदिन कमजोर हुदै गएको प्रति चिन्ता व्यक्त गर्दै नेता यादवले पार्टीमा अबपनि गुट र उपगुटको भ्रम सृजना गरेर ईमान्दार तथा काम गर्ने ब्यतिmहरुलाई पाखा लगाउने काम भयो भने कुनैपनि हालतमा सहन नगर्न नसकिने चेतावनी दिए । सहमति, सहकार्य र एकताको मिलनबिन्दुलाई नै सबैले शिरोधार्य गरी आउने निर्वाचनमा एक जूट भई कांग्रेसलाई बहुमत दिलाउनका लागि ईमान्दारी पुर्वक लाग्नुपर्नेमा उनले जोड दिए । नेपाली कांग्रेस पार्टी अब किसान, मजदुर, दलित, पिछडावर्ग, मुस्लिम, अल्पसंख्यक, जनजाति, थारु, सहित सबैको अपनत्व हुने किसिमको पार्टी बनाउनुपर्नेमा शीर्ष नेताहरुको ध्यानाकर्षण हुनु जरुरी रहेको उनको तर्क थियो ।
नेपाल विधार्थी संघको निवर्तमान सहमहामन्त्री राजेश रौनियारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा जिल्ला विकास समितिका पूर्व सभापति राजेन्द्र यादव, नेताहरु रमानन्द यादव, किशोरी यादव,चन्द्रिका गुप्ता, प्रमोद यादव, महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव लगायतकाले आ–आप्mनो धारणा राखेका थिए ।


