अपडेट 
२०७८ कार्तिक १८, बिहीबार १५:०९

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँ घटेको छ ।

हिजोको भन्दा ५ सय रुपैयाँ घटेर आज तोलाको ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो पनि सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदीको भाउ स्थिर छ ।

चाँदी हिजो तोलाको एक हजार दुई सय २५ रुपैयाँमा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीमा हुने मूल्यको उतारचढावका आधारमा दैनिक मूल्य तोक्दै आएको छ ।

Comment


Related News

Latest News

Trending News