अपडेट 
२०७८ कार्तिक १९, शुक्रबार १६:०७

जनकपुरधाम उपमहानगरपालिका १ का वडाध्यक्ष शत्रुधन साहले दलित विपन्नलाई शुक्रबार छठ सामग्री बाँडेका छन् ।

रेल्वे स्टेशन चोकमा एक समारोहबीच वडाध्यक्ष साहले दलित विपन्न महिलाहरुलाई छठ सामग्री वितरण गरेका हुन् । इस्ट मित्र र आफ्नो लगानीबाटै करिब ४ सय ब्रतालु महिलाका लागि साडी, गहुँ, चिनी, नारिवल र अगरबत्ती बाँडेको वडाध्यक्ष साहले जानकारी दिए ।

वडाध्यक्ष साह हरेक वर्ष छठ ब्रतालु महिलालाई सहयोग गर्दै आएका छन् । केहि दिन अगाडी मात्र बेमौसमी वर्षाले धानमा क्षति पुर्याएको भन्दै पीडित किसानलाई आफुले निजी रूपले राहत दिने घोषणा गरेका थिए ।

Comment


Related News

Latest News

Trending News