अपडेट 
२०७८ कार्तिक १९, शुक्रबार १६:२०

नेपालमा शुक्रबार थप १ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ३ सय ७ पिसिआर परिक्षणका क्रममा १ सय ७४ जना र २ हजार ५ सय ३७ एन्टीजेन परिक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ९ हजार ९३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ४ सय ३८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप ६ सय ४९ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ९४ हजार ४ सय ३८ जना निको भएका छन् । हाल ८ हजार ४ सय १३ सक्रिय संक्रमित आइशोलेशन र १ सय १५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News